पर्वत जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्दै परम्परागत कृषिकर्मलाई निरन्तरता दिँदै आएका किसानलाई प्रोत्साहनस्वरूप अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही १० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको हो ।
यसअघि पनि बिहादी गाउँपालिकाले प्रजननका लागि राँगा पाल्ने कृषकलाई १० हजार रुपैयाँ अनुदान,वितरण गरिएको हो ।
यसैगरी, व्यावसायिक दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उन्नत जातका गाईभैँसी खरिद गर्ने कृषकलाई प्रतिगाई वा भैँसी २० हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।























Discussion about this post