बेलडाँडीमा पुष २६ गते एकदिने निःशुल्क स्वास्थ्य शिविर

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको प्राङ्गणमा यही पुष २६ गते (शनिवार) एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। सीपी अस्पताल धनगढीको आयोजनामा तथा बेलडाँडी गाउँपालिका वडा नं. २ र गाउँपालिका कार्यालयको व्यवस्थापनमा शिविर आयोजना गर्न लागिएको हो।

बेलडाँडी गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष रमेश चनाराका अनुसार शिविरमा विशेषज्ञ चिकित्सकद्वारा विभिन्न रोगहरूको निःशुल्क जाँच तथा परामर्श प्रदान गरिनेछ। उहाँले बेलडाँडीवासी सबैलाई आफ्नै स्थानमा उपलब्ध हुने यस अवसरको भरपुर फाइदा लिन आग्रह गर्नुभएको छ।

शिविरमा जनरल सर्जन, फिजिसियन, हाडजोर्नी तथा नशारोग विशेषज्ञ नाक, कान, घाँटी रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वारा सेवा प्रदान गरिनेछ। साथै दम, रक्तचाप, मधुमेह, थाइराइड, पत्थरी, बवासिर, हर्निया, जोर्नी दुख्ने, महिला सम्बन्धी रोगलगायत विभिन्न समस्याको जाँच गरिने जनाइएको छ।

शिविरमा भिडियो एक्स-रे सेवा र आवश्यक निःशुल्क औषधि वितरणको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।

स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस स्वास्थ्य शिविरबाट ठूलो संख्यामा स्थानीय नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित