आवाजविहीनका आवाज बनेका पत्रकार सुजित रमेश सिनाल सम्मानित

महेन्द्रनगर । कञ्चनपुरका क्रियाशील पत्रकार सुजित रमेश सिनाल सम्मानित भएका छन्। महाकाली मोडर्न पब्लिक स्कुल ले आफ्नो ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार सिनाललाई नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।
विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले पत्रकार सिनालले यस क्षेत्रमा आवाजविहीन समुदायको आवाज बनेर सञ्चार माध्यममार्फत उनीहरूको हकअधिकार र पीडाका विषयमा निरन्तर कलम चलाउँदै आएको भन्दै सम्मान गरिएको जानकारी दिनुभयो।

करीब डेढ दशकदेखि पत्रकारितामा सक्रिय सिनाल हाल शुक्लाफाँटा रेडियो मा समाचार प्रमुख, शुक्लाफाँटाखबर डट कम मा सम्पादक तथा शुक्लाफाँटा क्षेत्रीय दैनिक मा कार्यकारी सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। समसामयिक विषयमा सशक्त ढंगले मुद्दा उठान गर्दै आएका उहाँ नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य समेत हुनुहुन्छ।

सम्मान ग्रहण गर्दै पत्रकार सिनालले प्राप्त पुरस्कारले थप उत्साहका साथ जिम्मेवारीपूर्वक पत्रकारिता गर्न प्रेरणा मिलेको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्रमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित