बेलडाँडी । भ्रष्टाचार मुद्दामा अख्तियार अनुसन्धान कार्यालय टंगाल, काठमाडौंले विशेष अदालतमा दायर गरेको आरोपपछि निलम्बनमा परेकी उपाध्यक्ष शान्ति नाथ दुई महिना पछि सफाइ पाएकी बताउँदै शुक्रवार गाउँपालिका कार्यालय पुगिन् । उनले बाघ छोपेजस्तो आफ्नो अशिक्षित हर्कत देखाउँदै कर्मचारी, जनप्रतिनिधि लगायत सबैलाई लड्डुपेडा बाड्दै बहादुरी गरेर आएजस्तो गरिन । आज आइतवार उनै लड्डुपेडा बाडेकी उपाध्यक्षले सुन्न नसकिने अभद्र ब्यवहार गर्दै गालीगलौंच गरिन ।
उक्त घटनामा प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विक लगायत अन्य कर्मचारी तथानाम गालीगलौच र अभद्र व्यवहारको शिकार बने । कर्मचारीहरू तथा पालिका प्रमुख स्वयमले यसअघि समेत उपाध्यक्ष नाथको धम्कीपूर्ण व्यवहार समाना गर्दै आएका थिए । विगतमा भैसीपालक किसानबाट १२ लाखको चेक मागेको र बैजनाथ विद्यालयबाट ३ लाखको चेक बुझेर अख्तियारको ताकेता पछि १ बर्षपछि फिर्ता गरेको बैंक स्टेटमेन्ट हेर्दा देखिन्छ ।
सिर्जना भएको अव्यवस्थामा गाउँपालिकाका कर्मचारीहरूले प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयको कामकाज अनिश्चितकालीन रूपमा भोलि सोमवार देखि ठप्प पार्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा भनिएको छः
“उपाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतको आत्मसम्मान तथा पदीय मर्यादामा ठेस पुग्ने गरी अमर्यादित शब्द प्रयोग गरी गालीगलौच गरिएको विषयमा निष्पक्ष छानबीन गरी कानूनी कारबाही नहुँदा कार्यालयको कामकाज मिति २०८२ फल्गुन ११ देखि अनिश्चितकालीन रूपमा अवरुद्ध हुने जानकारी गराएका छन् ।”
कर्मचारीले भने“जनप्रतिनिधी भएर पनि कार्यालयमा आतंक मच्चाउने शैली हुदा काम गर्न सकिँदैन।” भन्दै अनिश्चितकालीन रूपमा सेवा ठप्प पारेका छन् ।
बेलडाँडी गाउँपालिका कर्मचारीहरूले कार्यालयमा सेवाप्रवाहमा परेको असुविधाप्रति क्षमाप्रार्थी रहेको बताउँदै, समस्या समाधान नभएसम्म उनीहरूको अवरोध जारी रहने चेतावनी दिएका छन् ।





















Discussion about this post