कञ्चनपुरमा अतिक्रमण हटाउन प्रशासनको निर्देशन, स्थानीय तहलाई योजना बनाउन आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन कडाइ गर्दै जिल्लाभरका स्थानीय तह र सम्बन्धित सरकारी कार्यालयलाई परिपत्र जारी गरेको छ।

प्रशासनले वैशाख १७ गते परिपत्र जारी गर्दै सबै पालिका र सरकारी निकायलाई अतिक्रमण हटाउने स्पष्ट योजना तयार गर्न निर्देशन दिएको हो।

परिपत्रमा सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन आफ्नो क्षेत्रभित्र रहेका अतिक्रमित जमिनको पहिचान गरी यथार्थ विवरण उपलब्ध गराउन भनिएको छ। प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित पत्रमार्फत सम्बन्धित निकायलाई यथाशीघ्र विवरण पठाउन आग्रह गरिएको छ।

कञ्चनपुरमा भूमिहीन, सुकुमबासी, आरक्षपीडित, बाढीपीडित, मुक्त कमैया र मुक्त हलियालगायत विपन्न नागरिकको उचित व्यवस्थापन नहुँदा सार्वजनिक जग्गामा अतिक्रमण बढ्दै गएको प्रशासनको भनाइ छ।

यसअघि जिल्ला प्रशासन कार्यालयले स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गर्दै महेन्द्रनगर नगरविकास समिति क्षेत्र र पूर्व–पश्चिम राजमार्ग आसपासका अतिक्रमित जमिन खाली गराएको थियो। त्यस्तै, बेलौरी नगरपालिकाले ताल क्षेत्र र बेलडाँडी गाउँपालिकाले ग्रिनबेल्टको जमिन खाली गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित