शुक्लाफाँटा नगरपालिका–८ स्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल ठोक्किँदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटा निवासी ४५ वर्षीय मिनबहादुर जागरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा बुधबार बेलुकी उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय मंगल महरा तथा म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक ४२ वर्षीय कम्मानसिंह ठगुन्ना घाइते भएका छन्। उनीहरूको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


















Discussion about this post