सरकारी निर्णय बिरुद्ध पत्रकार महासंघ कञ्चनपुरको प्रधानमन्त्रीलाई हस्ताक्षर ज्ञापन

सुवर्ण प्रशाद जोशी/कञ्चनपुर । सरकारको विभेदकारी निर्णय बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले कञ्चनपुर सहित देशभर आन्दोलन गरिरहेको छ ।

नेपाल पत्रकार महासंघको अगुवाईमा यस अघि विभेदकारी निर्णय बिरुद्ध संकलन भएको हस्ताक्षर जिल्ला प्रशासन मार्फत सरकारलाई बुझाएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत सरकारलाई हस्ताक्षर पठाएको हो ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले गत १८चैत्र ०८२मा मन्त्रिपरिषद्ले गरेको निर्णय फिर्ता लिनुपर्ने माग अघि सारेर प्रमुख जिल्ला अधिकारी मदन कोईरालालाई हस्ताक्षर पत्र हस्तान्तरण गरेका छन ।

यस अघि संकलन भएको हस्ताक्षर पत्र पत्रकार महासंघका अध्यक्ष धामीले प्रजिअ कोईरालालाई बुझाउँदै सरकार नै सरकारी र निजी संचार माध्यमविचको विभेद उजागर गरिरहेको भन्दै निर्णय फिर्ता लिएर निजी संचार माध्यमलाई समेत सम्मान गर्न आग्रह गरेको छ ।

हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी मदन कोईरालालले गृह मन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष धामीले माग पुरा नहुन्जेलसम्म संघर्ष जारी रहने बताए ।

पत्रकार महासघका जिल्ला सचिव कुण्दन पाण्डेयले सरकारले विभेद गरेको निर्णयले कञ्चनपुर सहित देशभरका संचारकर्मी आन्दोलित भएको बताए ।

हस्ताक्षर बुझाउने कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारी, सदस्य सहितका विभिन्न संचार माध्यमका संचालक एव पत्रकारमा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित