बेलडाँडी गाउँपालिकाले गौरा पर्वका अवसरमा भोलि बिदा दिने

बेलडाँडी । सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा बेलडाँडी गाउँपालिकाले भोलि भदौ १८ गते बिहीबार एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सबै कार्यालय, मातहतका निकाय तथा शैक्षिक संस्थाहरूमा (अत्यावश्यक सेवा बाहेक) एक दिन बिदा रहने जनाएको हो।

 स्थानीय संस्कृति, परम्परा र सामाजिक सद्भावलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाद्वारा जारी सूचनामा गौरा पर्वको अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको शुभकामना समेत व्यक्त गरिएको छ।

 सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्वले समाजमा एकता, संस्कार र सांस्कृतिक मूल्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित