बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथको अर्को काण्ड बाहिरियो, एक विद्यालयबाट तीन लाखको चेक लिएको खुलासा

 बेलडाँडी– बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले केहिदिन पहिला सरकारी गाडीमा बोका बोक्दै दुरुपयोग गरेको घटना सेलाउन नपाउदै फेरि उनको अर्को काण्ड दोहोरिएको छ ।

 

बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथ सत्तामा हुनेबेला होस या सत्ता बाहिर हुने बेला यस्तै काण्डै-काण्ड मच्चाउदै आएकी छिन् । सत्ता बाहिर छदा कहिले संस्थाका भवन तोडफोड गर्ने माफी माग्ने, सत्तामा गइसकेपछि १५ सैया अस्पताल निर्माणका लागि सो क्षेत्रमा जमिन खाली गराउने क्रममा पालिकाले चलाएको डोजरमा आफै अवरोध गर्दै ढुङ्गामुडा प्रहार गर्न उस्काई डोजरमा क्षति पुर्याउने कार्य गरियो ।

 

यति मात्र होइन सत्ता बाहिर छदा उनले निवर्तमान स्थानीय सरकारले ज्यालादारीमा राखेका ३ जना कर्मचारीलाई प्रक्रिया नपुगाएर अबैध तरिकाले भर्ना गरेको भन्दै आन्दोलनका माध्यमबाट ती कर्मचारीको नियुक्ति खारेज गर्ने र अहिले आफु सत्तामा गइसकेपछि सत्ता शक्तीको दुरुपोग गर्दै आफ्नो सुविधाका लागि उपाध्यक्षको सचिवालयमा कर्मचारी चाहियो भन्दै मनोगत तरिकाले कर्मचारी नियुक्त गर्न सिफारिस गरेका छन् ।, आफुले आफ्ना नजिककाहरुलाई पेट्रोल बाड्ने अधिकार आफुलाई भएको दावी गर्दै पेट्रोल दिन लगाउने जस्ता तमाम नियम विपरित कार्य गर्दै आएकी उनले फेरि अर्को नियम विपरित एक विद्यालयलबाट ३ लाखको चेक आफ्नो नाममा लिएको खुलासा भएको छ ।

 

बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको बैजनाथ माध्यमिक विद्यालयमा बन्दै गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवन निर्माण गर्नका लागि आएको रकमबाट उपाध्यक्ष नाथले ३ लाखको चेक आफुले मागेर लगेको विद्यालय श्रोतले बताएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ०७७/७८ मा आएको योजना विद्यालय व्यवस्थापन समितिले एक जना ब्याक्तिलाई २०७९ कार्तिक भित्र सम्पन्न गर्ने गरि निर्माणको जिम्मा दिएका थिए । तर उनले उक्त समय भित्र काम सम्पन्न गर्न सकेनन् । त्यसपछि २०८० जेष्ठ २० गते भित्र काम सम्पन्न गर्ने अन्तिम सम्झौता गरेका निर्माण कर्ताले ०८०/८१ आर्थिक बर्ष चल्दा समेत उक्त कार्य सम्पन्न भएको छैन् ।

कार्य सम्पन्न नभएको देख्दा स्थानीयहरुले अनुगमन गर्दा उपाध्यक्ष नाथले समेत भवन निर्माणका लागि आएको बजेटबाट ३ लाखको चेक बुझेको र एक पटक समेत अनुगमन नगरिदिदा यस्तो समस्या आएको जनाए । भवन निर्माणमा गुणस्तर सामग्री प्रयोग भएको छ या छैन त्यो बेग्लै कुरा हो । तर ३ बर्ष हुदा सम्म भवन नबन्नु दुखद बिषय भएको स्थानीयले बताए ।

बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन राज मिश्रका अनुसार आफु यो विद्यालयमा आउनु भन्दा पहिला देखि यो भवन बन्न लागेको बताए तर अहिले सम्म यो भवन नवनिसक्नु दुखद बिषय भएको जनाए । उनले भने “हामीले निर्माणका लागि पटक-पटक विभिन्न पहल गर्यौ कसैले टेरेनन बल्की निर्माण कर्तालाई पैसा दिनुस भन्ने दवाव चौतर्फी आएको जनाए ।’

बेलडाँडी गाउँपालिककी उपाध्यक्ष नाथले भवन बनाउने जिम्मा म लैजान्छु र ठेक्दारलाई काम म गर्न लगाउछु भन्दै ३ लाखको चेक मेरो नाममा काट्नुस् उसले काम नगरे म तिरौंला भन्दै आफ्नो नामको ३ लाखको ब्लाङ्क चेक विद्यालयलाई दिएको प्रअ मिश्रले बताए ।”

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर खडकाका अनुसार समितिले ब्यवहारिक तरिकाले काम सजिलोका लागि एक जना ब्याक्तिका नाममा तमसुख बनाएर जिम्मा दिएको थियो । उनले विद्यालयलाई ठुलो धोखा दिएको बताए । उनलाई नेताहरुले संरक्षण गरेका कारण अहिले सम्म भवन नबनेको बताउदै यसमा नेताहरुको मुख्य हात रहेको दावी गरे । भवन बनाउन ति ब्यक्तिलाई दवाव दिनुको साटो नेताहरुले उल्टा पैसा उपाध्यायलाई देऊ भन्ने बढी दवाव बारम्वार समिति र विद्यालयलाई दिने गरेको जनाए ।

भवन निर्माणको रकमबाट उपाध्यक्ष शान्ती नाथको नाममा चेक गएको विद्यालय लेखापाल अम्मर बहादुर थापाले स्वीकार गर्नु भयो । उहाँका अनुसार आफुलाई प्रअ र समितिले चेक बनाई देऊ भन्ने आदेश आएपछि आफुले चेक बनाइदिएको वहाँले बताउनु भयो ।

त्यस चेकको रकम कहाँ गयो भवन निर्माणमा लाग्यो लागेन आफुहरु कसैलाई थाहा नभएको विद्यालय परिवारको भनाई छ ।

वडा नं.५ का अध्यक्ष तथा सोही विद्यालयका पदेन सदस्य ईन्द्र बहादुर खडकाका अनुसार भवन समयमै नबन्नु दुखद बिषय भएको बताए । यस्ता धोखा दिनेलाई के कार्वाही गर्न सकिन्छ यश बिषयमा छलफफ गरेर अगाडि बढ्ने बताए ।

यस बिषयमा गाउँपालिका उपाध्यक्ष शान्ति नाथलाई बुझ्दा अहिले आफू खाना खाईरहेको र पछि बोल्ने बताउनु भयो ।

निर्माणको जिम्मा लिएका भवन निर्माणकर्ता विष्णुराम उपाध्यायलाई यस बिषयमा बुझ्न खोज्दा कामै ढिला शुरू गरेकाे र समयमै विद्यालयले भुक्तानी नदिईदिदा निर्माण कार्य ढिला हुन पगेको स्वीकार गर्नु भयो ।

यसरी सत्ता र शक्तीको दुरुपयोग गर्दै चेक ब्यात्तिका नाममा काटिनु गतल कार्य भएको बिज्ञहरु बताउछन् । अहिले सम्म अनुगमन समितिले अनुगमन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने थियो सार्वजनिक नगर्नुको पछाडी के राज छ सबैको चासोको विषय बनेको छ ।

भिडियो सहित…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित