दार्चुलामा ढिके नुनको प्रयोगमा कमी आयोडिन नुनको खपत बढ्दै

3
VIEWS

दार्चुला:

दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत दिनप्रतिदिन बढ्न लागेको छ । केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेको थियो भने पछिल्लो समय आयोडिन नुनको बिक्रीवितरण बढेको छ ।

 

जनचेतना वृद्धि भएसँगै आयोडिन नुनको प्रयोग पनि बढेको छ ।खलङ्गा र गोकुलेश्वरमा आयोडिन नुनका ११ डिपो छन् । व्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन् । भने बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्रीवितरण र प्रयोग दर दिनानुदिन बढ्दै गएको साल्टट्रेडिङ डिपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेमसिंह कुँवरले जानकारी दिईएका छन ।

उहाँका अनुसार महाकाली नगरपालिका–४ खलङ्गामा रहेको बिक्री डिपोबाट आर्थिक वर्ष २०७९्र ८० मा दुई हजार आठ सय दुई क्विन्टल ५० किलोग्राम नुन बिक्री भएको । गत आर्थिक वर्षमा खलङ्गा डिपोसँग तीन हजार पाँच सय ४६ क्विन्टल ५० किलोग्राम नुन मौज्दात रहेकामा हाल सात सय ४४ क्विन्टल मात्रै मौज्दात रहेको प्रमुख कुँवरले बताए ।

 

त्यस्तै, शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर डिपोमा आर्थिक वर्ष २०७९र८० मा तीन हजार सात सय ८० क्विन्टल मौज्दात रहेकामा २७ क्विन्टल बिक्री भएको छ भने । हाल गोदाममा एक हजार ८० क्विन्टल नुन मौज्दात रहेको डिपो प्रमुख लक्ष्मणसिंह धामीले जानकारी दिईएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार