विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै देशभर एमालेको प्रदर्शन

बेलडाँडी, कञ्चनपुर । विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित नेकपा (एमाले) ले आज देशभरका स्थानीय तहमा एकैसाथ प्रदर्शन गरेको छ। मंगलबार आयोजित जनपरिचालन कार्यक्रमअन्तर्गत देशका विभिन्न पालिकामा ¥याली, नारा जुलुस र कोणसभामार्फत एमाले कार्यकर्ताले शक्ति प्रदर्शन गरेका छन्।

त्यसै क्रममा एमाले बेलडाँडी गाउँपालिकाले पनि बेलडाँडी पार्टी कार्यालयदेखि चवन्नी बजारसम्म ¥याली निकाली कोणसभामा परिणत गरेको थियो। कोणसभामा एमालेका नेता इश्वरी प्रसाद खरेल, जिल्ला कमिटी सचिव पल्लब राज भट्ट, प्रदेश नेता अभिमान थापा लगायतका नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै नेताहरूले प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै यसको पुनःस्थापनाको माग गरेका थिए। उनीहरूले जनताको अधिकार र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि निरन्तर संघर्ष गरिने प्रतिबद्धता व्यक्त गरे।

नेताहरूले अहिलेको ‘जेनजी आन्दोलन’ को नाममा भइरहेको अराजक गतिविधिप्रति आपत्ति जनाउँदै त्यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग पनि गरे। उनीहरूको भनाइमा एमालेको यो प्रदर्शन जागरण अभियानको रूपमा अघि बढाइएको हो।

एमालेले जनपरिचालन अभियानअन्तर्गत कात्तिक २९ गते जिल्लास्तरमा र मङ्सिर ६ गते काठमाडौंमा केन्द्रीय स्तरको जनप्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित