कञ्चनपुर । जिल्ला कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ भगतपुरस्थित कञ्चनपुर कारागारमा कैदी-थुनुवाबीच झैँ-झगडा हुँदा ५ जना घाइते भएका छन्।
आज बिहान कारागारमा रहेका करिब ३७२ जना कैदी-थुनुवामध्ये केहीबीच होहल्ला र गालीगलौज हुँदै विवाद बढ्दा झैँ-झगडाको अवस्था सिर्जना भएको हो।
झगडामा घाइते भएका पाँच जनालाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरी निरीक्षकको कमाण्डमा १९ जना प्रहरी टोली परिचालन गरिएको थियो।
घाइते हुनेहरूमा शुक्लाफाँटा नगरपालिका-७ बस्ने २३ वर्षीय ओम प्रकाश घरेडी, शुक्लाफाँटा-११ बस्ने १९ वर्षीय भुवन नाथ, शुक्लाफाँटा-११ बस्ने २६ वर्षीय भुवन ऐर, भिमदत्त-७ बस्ने करिब २५ वर्षीय आयुष बम तथा बेलौरी नगरपालिका-८ बस्ने करिब २६ वर्षीय राजु दमाई रहेका छन्।
प्रहरीका अनुसार तीन जनाको टाउकोमा मध्यम र दुई जनाको सामान्य चोट लागेको छ। सबैको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।



















Discussion about this post