कञ्चनपुर/लालझाडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लालझाडी गाउँपालिकामा आफ्नो संगठन विस्तारलाई सुदृढ बनाउँदै थारु अगुवा खुसीराम रानालाई सभापतिका रूपमा चयन गरेको छ। बुधबार सम्पन्न रास्वपा लालझाडीको प्रथम पालिका अधिवेशनले रानालाई सर्वसम्मतरूपमा सभापतिमा चुनेको हो।
रास्वपा कञ्चनपुरका कोषाध्यक्ष तथा युवा नेता नविन चन्दले समितिको गठन पूर्णतः सहमतीय आधारमा सम्पन्न भएको जानकारी दिए। उनका अनुसार नवगठित समिति यसप्रकार छः उपसभापति: हरिश गिरी, सचिव: धनराज भट्ट, सदस्य: पानसिह धामी, नरहसिह राना, दल बहादुर झुकाल, शिवदाश राना, रामवती राना साथै जिल्ला प्रतिनिधि: लक्ष्मण राना, प्रदेश प्रतिनिधि: रतनलाल भारती रहेका छन् ।
कार्यक्रममा रास्वपाका नेता तथा खेलकुद विभाग प्रमुख घनश्याम विष्ट प्रमुख अतिथि रहेका थिए। साथै नेता जनकसिह धामी, ज्ञानेन्द्र सिह महता, नविन चन्दसहितका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति थियो।
नवनिर्वाचित सभापति खुसीराम रानाले लालझाडीमा बढ्दो बेतिथि, भ्रष्टाचार र जनअधिकार हननविरुद्ध कडा रूपमा उभिने घोषणा गर्दै, पार्टीले दिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने दृढता व्यक्त गरेका छन्। यससँगै लालझाडीमा रास्वपाको जनविश्वास र संगठनात्मक प्रभाव थप मजबुत बन्दै गएको संकेत देखिएको छ।






















Discussion about this post