आजदेखि कांग्रेसको चुनावलक्षित अभियान सुरू

काठमाडौं,
नेपाली कांग्रेसले आजदेखि चुनावलक्षित अभियान सुरू गर्दैछ।

कांग्रेसले यो अभियानलाई जनताको साथमा नेपाली कांग्रेसु नाम दिएको छ।
आजदेखि भदौ २४ गतेसम्म यो अभियान सञ्चालन हुने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य प्रतिनिधि पठाएर अभियान सञ्चालन गर्न लागेको हो।
कांग्रेसले सातै प्रदेश कार्यसमितिबाट पनि यस अभियानका लागि जिल्ला जिल्ला प्रतिनिधि पठाएको छ।

यो अभियान सकिएपछि घरदैलो लगायत अभियान गर्ने कांग्रेसको तयारी छ।
कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित