कञ्चनपुर, १४ भदौ । बेलौरी बजारमा रहेका दुई वटा लघुवित्तमा लुटपाट भएको आरोपमा बेलडाँडी-२ अम्मर नेपाली दमाई सहित ८ जनाको म्याद थप गरिएको छ ।घटनामा पक्राउ परेका १८ जना मध्ये १० जना छुटेका छन् भने ८ जनाको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बिहीबार दिउँसो बेलौरी स्थित इन्फिनिटी लघुवित्त र एनआइसी एसिया लघुवित्त संस्थाको कार्यालयमा एक समूह मुखमा पट्टी बाँधेर प्रवेश गरी लुटपाट गरेको आरोपमा बेलडाँडी गा पा ०२ बस्ने अमर नेपाली (दमाई),बेलौरी न पा ०६ बस्ने बुझौना चौधरी, बेलौरी न पा ०८ बस्ने नन्दकली राना, बेलौरी न पा ०८ बस्ने कैलाशो राना, बेलौरी न पा ०७ बस्ने गीता डगौरा, बेलौरी न पा ०४ बस्ने चन्द्रा देवी भण्डारी, कृष्णपुर न पा ०४ बस्ने गीता राना र लालझाडी गा पा ०४ बस्ने रामबाबु रानालाई पक्राउ गरि अनुसन्धानका लागि म्याद थप गरिएको जनाईएको छ ।
प्रहरीका अनुसार उक्त समूहले कार्यालयका सरसामान तोडफोड गर्नुका साथै रेकर्ड फाइलहरू लुटेर लगेको बताइएको छ । घटना भए लगत्तै सुरक्षाकर्मीले बिहीबार नै उनीहरूलाई विभिन्न क्षेत्रमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।
दिउँसै गुण्डागर्दी शैलीमा कार्यालयमा प्रवेश गरी तोडफोड तथा लुटपाट गर्ने उक्त गिरोहमाथि कानुन बमोजिम कडा सजाय हुनुपर्ने लघुवित्त संस्थाहरूको माग रहेको छ ।
उता मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले मंगलवारदेखि देशभरका लघुवित्त तथा सहरकारीका कार्यलयमा आक्रमण तिब्र पार्दै आएको छ ।
जनतालाई सताएको, सामाजिक रुपमा अपमान गरेको, राष्ट्र बैंक तथा वित्तिय क्षेत्र संचालन कार्यविधि विपरित मनोमानी ढंगले ऋणीको शोषण गरेको, उच्चस्तरीय कार्यदलको प्रतिवेदन कार्यन्वयनको निर्देशन अटेर गरेको भन्दै संघर्ष समितिका अभियान्ता हरुले देशभरका विभिन्न लघुवित्त तथा सहकारीका कार्यलयमा प्रवेश गरी कागजात नियन्त्रणमा लिंदै कार्यालय तोडफोड गर्न थालेका थिए ।





















Discussion about this post