बेलडाँडी । लगातार परेको अविरल वर्षाका कारण कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ स्थित कालिका टोल डुबानको जोखिममा परेको छ।
सोमबार परेको भारी वर्षाका कारण आकाशबाट आएको पानीको उचित निकास हुन नसक्दा कालिका टोलका केही घर डुबानमा पर्ने अवस्था देखिएको वडा नं. २ का अध्यक्ष नारद सिंह उर्यालले जानकारी दिनुभयो।
वर्षाको पानी जमेर बस्ती डुबानमा पर्ने अवस्था देखिएपछि तत्कालै जेसीबी परिचालन गरी थुनिएको पानीको निकास खोलिएको अध्यक्ष उर्यालले बताउनुभयो। पानीको निकास गरिएपछि सम्भावित डुबानबाट घरहरू जोगिएको उहाँको भनाइ छ।
लगातार वर्षा भइरहेकाले थप डुबान तथा बाढीको जोखिम हुन सक्ने भन्दै बेलडाँडी गाउँपालिकाले स्थानीयवासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ। गाउँपालिकाले विशेषगरी तल्लो भूभाग तथा पानी जम्ने क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।






















Discussion about this post