सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीका स्वकीय सचिवमा कञ्चनपुरका युवा नेता भट्ट नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रमभाटले आफ्नो स्वकीय सचिवमा कञ्चनपुरका युवा नेता चन्द्रकान्त भट्टलाई नियुक्त गरेका छन्।

मन्त्री भट्टले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम स्वकीय सचिव पदमा भट्टलाई नियुक्त गरिएको जानकारी दिएका छन्। नियुक्तिसम्बन्धी पत्रअनुसार भट्टले २०८३ भाद्र १७ गतेदेखि लागू हुने गरी स्वकीय सचिवको जिम्मेवारी सम्हाल्नेछन्।

कञ्चनपुरका चन्द्रकान्त भट्ट विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका युवा नेता हुन्। उनले अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनमा लामो समय काम गर्दै विद्यार्थी तथा युवाका मुद्दामा सक्रिय भूमिका निर्वाह गरेका थिए।

विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा स्थापित भएका भट्टलाई कञ्चनपुर पार्टी पंक्तिमा समेत विश्वासिला र जिम्मेवार पात्रका रूपमा चिनिन्छ। संगठनमा निरन्तर सक्रियता, राजनीतिक अनुभव र नेतृत्वसँगको समन्वयकारी भूमिकाका कारण उनलाई मन्त्रीको स्वकीय सचिवको जिम्मेवारी दिइएको बताइएको छ।

मन्त्रीका स्वकीय सचिवका रूपमा भट्टले मन्त्री र जनताबीचको समन्वय, भेटघाट तथा गुनासो व्यवस्थापनसँगै मन्त्रालयका कामकारबाहीमा समेत सहजीकरण गर्ने अपेक्षा गरिएको छ। युवा नेतृत्वलाई जिम्मेवारी दिने यो निर्णयले संगठनमा लामो समयदेखि सक्रिय रहेका कार्यकर्तालाई थप उत्साहित बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित