स्वतन्त्र उम्मेदवार साउदद्धारा भ्रष्ट्रचार गर्ने छैन भन्दै मन्दिरमा लिए सपथ

बेलडाँडी,
परिवर्तनका संवाहक युवा समाजसेवी तथा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका टेक बहादुर साउद यति बेला चुनावी मैदानमा होम्मिएका छन् ।

देश निर्वाचनमय बनेको छ, नेताहरु गाउँगाउँमा जनता फकाउन जुटेका छन् । तर हाल देखिएको राजनीतिक संस्कार तथा स्वार्थका कारण नेपालको पछिल्लो राजनीति अस्थिर देखिएको छ । खासमा व्यवस्था बदलिए पनि जनताको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन । सरकार स्थिर नभएका कारण देशको विकासमा बाधा पुगेको छ । स्वस्फुर्त यस्तो अवस्थालाई परास्त गर्न देश भर स्वतन्त्र उम्मेदारको संख्या ह्वात्तै बढेको छ ।

यस्तै कञ्चनपुर क्षेत्र नं.१ “ख” प्रदेश सदस्यका लालटिन चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार टेक बहादुर साउदले जनताका आधारभूत समस्यालाई मध्यनजर गर्दै चुनावी मैदानमा होमिएका छन् । चुनावी मैदानमा भोट माग्नु भन्दा पहिला साउदले बेलौरीको भकुण्डामा हरेको कालेश्वर महादेव मन्दिर र बेलौरीकै सिद्धबाबा मन्दिरमा पुगेर आफु निर्वाचित भए जनताको पक्षमा डटेर काम गर्ने र कुनै लोपलालच भ्रष्ट्चार नगर्ने भन्दै सपथ खाएका छन् ।

उनका सर्मथक भन्छन् कुनै राजनितिक दलका नेताले भ्रष्ट्रचार गर्दैन भनेर भगवानलाई साक्षी राखेर सपथ खानै नसक्नुका पछाडी ठुलै राज लुकेको बताए ।

साउदले आफुलाई यहाँका जनताले बहुमतका साथ विजयी गराउने अपेक्षा लिएका छन् । सामाजिक क्षेत्रमा ठुलो योगदान पुर्याएका साउदको बेलौरी बेलडाँडीमा निकै चर्चा चल्दै गएको छ । घृणित राजनितिमा लिप्त भएका भन्दा साउदले अहिले सम्म कसैको केहि नविगारेको र अझै केहि नविगार्ने स्थानीयको बुझाई छ । आम जनसुमदाय दल देखि वाक्क भएको अवस्थामा साउदको उम्मेदावरीले यस क्षेत्रमा नयाँ तरंग ल्याएको छ । दलहरुमा रहेका नेता कार्यकर्ताहरुले समेत उनलाई भित्री रुपमा सहयोग गर्ने वातावरण समेत र्सिजना गराइराखेका छन् ।

बेलौरीका पुराना शिक्षक मेवाराम चौधरीले समेत उनलाई पुर्ण रुपमा साथ दिइरहेका छन् । नाम नखुलाई दिने सर्तमा एमाले माओवादी र कांग्रेसका ठुलै नेताहरुको उनलाई साथ रहेको श्रोतले जनाएको छ । श्रोतका अनुसार सक्रिय राजनिति गर्नेहरुले खुलेर साथ दिन नसकेपनि भित्रि रुपमा माहोल मिलाउने कार्यमा सहयोग भइरहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित