चवन्नी बजार-कालिकिच जोड्ने सडक निर्माणको काम अघि बढ्दै, स्थानीय हर्षित

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको वडा नं. २ चवन्नी बजारबाट कालिकिचसम्म जोड्ने सडक निर्माण कार्य अघि बढ्न लागेको छ ।

गाउँ कार्यपालिकाको मिति २०८१/१०/०२ गते बसेको बैठकको निर्णयअनुसार महेश पाण्डेको जमिनदेखि चवन्नी बजार हुँदै कालिकिच जोड्ने नक्सा अनुसारको सडक खोलिने भएको छ ।

यसका लागि प्राविधिक लागत इष्टिमेटअनुसार रु १ करोड बजेट प्राप्त भएको छ भने कालिकिच ताल पर्यटन प्रवर्द्धनको लागि छुट्टै रु ९० लाख बजेट पनि विनियोजन भए अनुसार कार्य अघि बढाउन पालिकाले कदम चालेको छ ।
पालिकाले आईतवार १५ दिनभित्र सडकछेउका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ। नक्साको बाटो खोल्ने काम चवन्नी बजारका व्यवसायीहरूको बारम्बारको आग्रहपछि पालिकाले उक्त कार्य अघि बढाएको हो । यस कदमले बजार क्षेत्रलाई व्यवस्थित र कालिकिच तालसम्मको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

पालिकाको यो निर्णयपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। उनीहरूले सडक मिचेर संरचना निर्माण नगर्न सबैलाई सुझाव दिएका छन्। “नक्साको बाटो खुल्ने भएपछि बजार व्यवस्थित हुने र पर्यटकहरूको आवागमन सहज हुनेछ,” स्थानीयहरूले भनेका छन् ।

पालिकाले यो कामलाई सफल बनाउन सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेको छ । यो निर्णयले क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै स्थानीयले पालिकाको कदमको स्वागत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित