तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, भोलि उद्धघाट

विकास सिह महता/ माघ १५ महेन्द्रनगर: कञ्चनपुर जिल्लामा अध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

इटाहा चारपाते युवा क्लब देखतभुलिको खेलमैदानमा लालझाडी गाउँ खेलकुद समितिको आयोजनामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१को खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगितामा युवा तर्फ र भेट्रानको खेल तालिका सार्वजनिक गरेको छ।

युवा तर्फ २० टिमको सहभागिता रहेको छ भने भेट्रान तर्फ ८ टिम रहेका छन्। नकाउट आधारमा खेलाइने उक्त प्रतियोगिताका खेल भोलि एक कार्यक्रमको आयोजना गरि दिउँसो १ बजे उद्धघाटन गर्ने कार्यतालिका रहेको आयोजक लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश रानाले बताएका छन्।

उनका अनुसार प्रतियोगिताको उद्धघाटन खेल लालझाडी -२ कञ्ज र न्यू प्रगतिशील युवा क्लब बिच प्रतिस्पर्धा हुने छ। प्रतियोगितामा लालझाडी गाउपालिका मुख्य प्रवर्द्धक, इटाहा चारपाते युवा क्लब र लालझाडी गा.पा वडा न.५ कार्यालयको समन्वय सहयोग रहेको छ।

तेस्रो संस्करणमा च्याम्पियन हुने टिमले नगद राशी १ लाख २१ हजार १ सय २१ रुपैयाँ सहित ट्रफी प्रमाणपत्र र मेड्ल हात पार्ने छन्। भने उपविजेता टिमले ७१ हजार १ सय ७१ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेड्ल को घोषणा गरिएको छ। प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित