आज सोमबार सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको

काठमाडौं  :सोमबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।त्यसतै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित