कञ्चनपुरको भीमदत्त ११ ले आयोजना गरेको तेस्रो मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिता सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा आयोजित तेस्रो मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा भएको यो प्रतियोगिता आइतबार समापन भएको हो।

स्थानीय क्रिकेट प्रेमीहरूको उत्साह र सहभागिताले प्रतियोगिताले कञ्चनपुरको खेल क्षेत्रमा नयाँ रौनक थपेको छ। प्रतियोगितामा कञ्चनपुरका २४ टिमले सहभागिता जनाएका थिए। रोमाञ्चक खेलहरूको शृङ्खलापछि भीमदत्त-६ ले तेस्रो मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भयो। फाइनलमा भीमदत्त-६ ले वेदकोट-१ लाई पराजित गर्दै ट्रफी उचाल्यो। वेदकोट-१ उपविजेता बनेको छ। टस जितेर पहिला ब्याटिङ गरेको वेदकोट -१ ले १० ओभरको समाप्तिमा भीमदत्त -६ लाई ९२ रनको लक्ष्य दिएको थियो। वेदकोटका -१ का लागि लागी लक्ष्मण खडायतले सर्वाधिक ५८ रन बनाए ।

भीमदत्त -६ का खगेन्द्र महरा, हरिश जोशी, हेमन्त धामी र बिष्णु भण्डारीले समान २/२ विकेट लिए। ९२ रनको लक्ष्य पञ्छाएको भीमदत्त -६ ले ६ विकेटले वेदकोट -१ लाइ पराजित गर्यो। भीमदत्त -६ का लागि हरिश जोशीले सर्वाधिक ३९ रन बनाए । त्यस्तै जनक साउदले २३ र सुरज चन्दले १३ रन बनाए। वेदकोट -१ का लागि लक्षम्ण खडायतले २, कृष्ण बिष्ट र राजेश ऐरले समान १/१ विकेट लिए। फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेदकोट-१ ले १० ओभरमा ९२ रनको लक्ष्य भीमदत्त-६ लाई दिएको थियो। वेदकोट-१ का लागि लक्ष्मण खडायतले सर्वाधिक ५८ रन बनाए। भीमदत्त-६ का खगेन्द्र महरा, हरिस जोशी, हेमन्त धामी र बिष्णु भण्डारीले समान २-२ विकेट लिए। जवाफमा, भीमदत्त-६ ले ९२ रनको लक्ष्य पछ्याउँदै ६ विकेटले वेदकोट-१ लाई पराजित गर्यो।

भीमदत्त-६ का लागि हरिस जोशीले सर्वाधिक ३९ रन, जनक साउदले २३ रन र सुरज चन्दले १३ रन बनाए। वेदकोट-१ का लागि लक्ष्मण खडायतले २, कृष्ण बिस्ट र राजेश ऐरले समान १-१ विकेट लिए। फाइनल पुग्ने बाटोमा वेदकोट-१ ले सेमिफाइनलमा भीमदत्त-१० होली फेमिलीलाई हराएको थियो भने भीमदत्त-६ ले दोधारा-चाँदनी-९ लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। दुवै टिमले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेर दर्शकको मन जितेका थिए। विजेता भीमदत्त-६ ले ३ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वेदकोट-२ ले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ।

त्यस्तै, सेमिफाइनलमा पुग्ने दुबै टिमलाई ७ हजार रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगितामा व्यक्तिगत उत्कृष्टतातर्फ भीमदत्त-१० का नितेश बिष्ट उत्कृष्ट खेलाडी घोषित भए। दोधारा-चाँदनी-९ का समीर बिटालुले बेस्ट ब्याट्सम्यानको पुरस्कार जिते भने भीमदत्त-६ का कृष्ण भट्ट बेस्ट बलर चुनिए। यी उत्कृष्ट खेलाडीहरूलाई पनि विभिन्न पुरस्कार प्रदान गरिएको छ। यो प्रतियोगिताको मुख्य आकर्षण डे-नाइट दुवै समयमा खेल सञ्चालन हुनु हो। आधुनिक लाइटको व्यवस्थापनसहित रातको समयमा समेत खेल आयोजना गरिएको थियो, जसले खेलाडी र दर्शक दुवैका लागि नौलो अनुभव प्रदान गर्यो। रातको उज्यालोमा क्रिकेटको रोमाञ्चले स्थानीय दर्शकहरूमा ठुलो उत्साह थपेको थियो। भीमदत्त-११ का वडा अध्यक्ष प्रकाश थापाले यो प्रतियोगिताले कञ्चनपुरको खेल क्षेत्रको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए। “मैले चुनाव जितेदेखि हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छु। तेस्रो संस्करणले खेलाडी र दर्शकमा थप उत्साह थपेको छ,” उनले भने।

“हाम्रो उद्देश्य स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नु र कञ्चनपुरलाई क्रिकेटको केन्द्र बनाउनु हो।” उनले प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यापक र व्यवस्थित बनाउने योजना रहेको पनि बताए। “हामीले यो प्रतियोगितालाई कञ्चनपुरको पहिचान बनाउन चाहन्छौँ। खेल क्षेत्रको विकासले युवाहरूमा अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्छ,” थापाले थपे। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। “यो प्रतियोगिताले कञ्चनपुरको क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ। खेलले युवाहरूलाई अनुशासित र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ,” उनले भने।

“स्थानीय स्तरमा यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुर्याउँछ। म आयोजक टिमलाई धन्यवाद दिन्छु र आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रम निरन्तर होस् भन्ने शुभकामना व्यक्त गर्छु।” तेस्रो मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिताले कञ्चनपुरमा क्रिकेटको लोकप्रियता र सम्भावनालाई उजागर गरेको छ। स्थानीय खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका छन् भने दर्शकहरूले पनि रोमाञ्चक खेलको मजा लिएका छन्। विशेष गरी रातको समयमा भएको खेलले दर्शकको ठुलो भीड आकर्षित गरेको थियो। यो प्रतियोगिताले कञ्चनपुरलाई क्रिकेटको हबका रूपमा विकास गर्ने सम्भावनालाई पनि उजागर गरेको छ। स्थानीय खेलाडीहरूले यस्ता प्रतियोगिताबाट प्रेरणा पाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफूलाई स्थापित गर्न सक्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। आगामी वर्षहरूमा यो प्रतियोगिताले कञ्चनपुरको खेल संस्कृतिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित