धामी नर्सरीबाट लाखौंका बोटबिरुवा चोरी गर्ने जित राना पक्राउ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडास्थित धामी नर्सरी उद्योग र धामी नर्सरीबाट बोटबिरुवा चोरी गर्दै आएका एक युवक पक्राउ परेका छन्।

धामी नर्सरीका सञ्चालक मदनबहादुर धामीका अनुसार शुक्लाफाँटा–६ कसरोलका जित राना केही महिनादेखि लगातार नर्सरीबाट विभिन्न जातका बोटबिरुवा चोरी गर्दै आएका थिए। चोरी गरिएका विरुवामध्ये आप, लिची, अम्बा, सुन कागती लगायतका फलफूलका जात रहेका छन्।

‘दिनहुँजसो चोरी भइरहेपछि नर्सरीमा कडाइ गरेका थियौं, अन्ततः रानालाई चोरी गरिरहेको अवस्थामा समात्न सफल भयौं,’ सञ्चालक धामीले भने।

बुधबार सञ्चालक धामीको उजुरीपछि इलाका प्रहरी कार्यालय झलारीको टोलीले रानालाई नियन्त्रणमा लिएको हो। प्रहरीले रानाविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार दुवै नर्सरीबाट करिब दुई लाख ४० हजार रुपैयाँ बराबरका विरुवा चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ। स्थानीयस्तरमा चर्चित धामी नर्सरीमा यसरी निरन्तर चोरी भएको घटनाले व्यवसायीहरूमा चिन्ता थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित