दैजीमा अज्ञात पुरुषको शव फेला, स्थानीयमा चर्को जिज्ञासा

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–३, दैजीस्थित पूर्व-पश्चिम राजमार्ग किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार बिहान करिब १०:३० बजे सडकछेउमा रहेको होम पाईपभित्र अंदाजित उमेर ३० देखि ३५ वर्षको पुरुषको शव सडेको अवस्थामा फेला परेको हो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का दर्ता गरी शवलाई महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ। शवको नाम, थर र ठेगाना हालसम्म खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले बताएका छन्। उनका अनुसार घटनाको कारण र पहिचानबारे थप अनुसन्धान भइरहेको छ।

स्थानीयवासीले भने घटनाप्रति गहिरो जिज्ञासा र आशंका व्यक्त गरेका छन्। दैजीका एक बासिन्दाले भने, “सडक किनारको पाइपभित्र कसरी मान्छे पुग्यो भन्ने प्रश्न सबैलाई लागेको छ, हत्या हो कि दुर्घटना भन्नेमा सबै अनिश्चित छन्,” भन्दै घटनाको छानबिनमा पारदर्शिता हुनुपर्ने बताए।

प्रहरीले घटनाको विस्तृत विवरण र शवको पहिचानका लागि सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित