बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विस्तार दिनप्रतिदिन तीव्र गतिमा अघि बढिरहेको छ। पुराना कम्युनिष्ट पृष्ठभूमि, प्रजातान्त्रिक राजनीतिमा सक्रिय नेता तथा समाजसेवीहरू समेत रास्वपाको नयाँ धारको राजनीतिमा आकर्षित हुँदै पार्टीमा प्रवेश गर्ने लहर बढ्दै गएको रास्वपा बेलडाँडीले जनाएको छ।
मंगलवार मात्रै वडा नम्बर ४ का एमालेका सक्रिय नेता तथा कार्यकर्तासहित दर्जनौँ व्यक्तिहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका छन्। प्रवेश कार्यक्रममा सहभागीहरूले देशको वास्तविक हित, जनताको जीवनस्तर र सुशासनका लागि वर्तमान परिवेशमा रास्वपा बाहेक कुनै दल सक्षम देखिन नसकेको स्पष्ट पार्दै पार्टीमा समावेश भएको घोषणा गरे।
प्रवेश गर्नेहरूमा पूर्व नागरिक वडा मञ्चका संयोजक तथा एमाले नेता रतन सिंह खड्का, विनोद उपाध्याय लगायत स्थानीय समाजका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति विशेष उल्लेखनीय रहेको थियो।
रास्वपा बेलडाँडीका सभापति तेजसिंह धामीका अनुसार प्रवेशकर्ताहरूले स्वेच्छिक रूपमा आफूहरू रास्वपामा सहभागी हुन चाहेका कारण टिम त्यहाँ पुगेको र सबैलाई औपचारिक स्वागत गरिएको जानकारी दिए।
सभापति धामीले भने, “नेताहरूले भ्रष्टाचार, बेथिति र निराशाबाट मुक्ति दिलाउने राजनीतिक शक्ति खोजिरहेका थिए। उनीहरूले अब आशाको आधार रास्वपामै देखे, त्यसैले पार्टीमा आउने लहर बढ्दो छ।”
यसैबीच, रास्वपा सभापति रवि लामिछानेलाई पूर्वाग्रही ढंगले थुनामा राखिएको घटनापछि देशभर रास्वपाप्रति जनसमर्थन झनै उर्लिएको स्थानीयको बुझाइ छ। कतिपयले यो घटनाले जनतामा झन जागरण ल्याइदिएको र “अब नयाँ राजनीतिक संस्कारको नेतृत्व रास्वपाकै हातमा जाने” विश्वास व्यक्त गरेका छन्।
बेलडाँडीमा दिग्गज-दिग्गज नेताहरूको निरन्तर प्रवेशले समाजमा राम्रो तरंग फैलिएको रास्वपाका स्थानीय कार्यकर्ताहरू बताउँछन्। परिवर्तनमा विश्वास गर्ने जनताले रास्वपालाई विकल्प मात्र होइन, समाधानको बाटोका रूपमा लिन थालेको देखिन्छ।























Discussion about this post