रास्ववासँग सहकार्यमा उज्यालो नेपाल उत्सुक, तर सर्तले एकता अझै टाढा

काठमाडौँ । कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता र सहकार्यका विषयमा निरन्तर संवाद जारी रहेको स्पष्ट गरेको छ।

पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार धेरै समयदेखि रास्वपासँग सकारात्मक छलफल भइरहे पनि रास्वपाले राख्दै आएको नयाँ-नयाँ सर्तका कारण सहकार्यको प्रक्रिया अन्तिम मोडतिर अघि बढ्न नसकेको हो।

डा. थापाले रातोपाटीसँग भने, “उज्यालो नेपाल पार्टी रास्वपाको चुनाव चिह्न ‘घण्टी’ लिएरै अघि बढ्न तयार छ। पार्टीको नाम मिलाउने, चुनाव चिह्न जस्ताको तस्तै राख्ने र केन्द्रीय समितिको समायोजनबारे काम-मोडालिटी तयार भइरहेका छन्।”

उनका अनुसार नेतृत्व व्यवस्थापनको संरचनामा भने उज्यालो नेपालले ‘कार्यकारी भूमिका सहितको वरिष्ठ उपाध्यक्ष’ जस्तो पद सिर्जना गरेर एकता प्रक्रिया सहज बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ।

पार्टी दर्ता ढिला हुनुमा पनि रास्वपासँग चलिरहेको यही अनौपचारिक संवाद मुख्य कारण रहेको थापाको भनाइ छ। “दर्ता भइसकेपछि पनि संवाद रोकिएको छैन, अझै पनि अर्थपूर्ण सहकार्यका लागि ढोका खुला छ,” उनले उल्लेख गरे।

तर, उज्यालो नेपाल पार्टीले रास्वपा पक्षबाट पटक-पटक नयाँ सर्तहरू आउँदा एकता सुनिश्चित हुन कठिनाइ भएको गुनासो गरेको छ।

यसबीच, उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । घोषणा सभामा प्रमुख अतिथि संरक्षक कुलमान घिसिङ स्वयं उपस्थित रहने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित