विकास महता/कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा आयोजना हुन लागेको तेस्रो ‘लिटिल ग्रीन पार्क माघी महोत्सव’को सम्पूर्ण तयारी पूरा भएको छ। स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पौष ३० गते महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका छन्।
युवा व्यवसायी ललित गिरीद्वारा सञ्चालनमा ल्याइएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण लिटिल ग्रीन पार्कमा आयोजना हुने महोत्सवमा चर्चित गायक टंक तिमिल्सिनाको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै अभिनेता उमेश कुँवर, हास्य कलाकार नरेश थापा मगर, गायक सुमित सुनार, डान्सर आरके ताम्राकार, निशा पोखरेल, युनिक बम ठकुरी, सन्ध्या नाथलगायत राष्ट्रिय तथा स्थानीय गरी दर्जनौँ कलाकारको आकर्षक प्रस्तुति रहने जनाइएको छ।
माघी पर्वको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको यस महोत्सवमा स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई विशेष प्राथमिकता दिइएको आयोजकको भनाइ छ। महोत्सवको प्रवेश शुल्क रु. १०० तोकिएको छ।
आयोजकले महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन्। माघी पर्वको उल्लाससँगै आयोजना हुने यस महोत्सवले बेलडाँडी क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।





















Discussion about this post