सूर्य चिन्ह जिताउने संकल्पसहित एमाले कञ्चनपुर-१ ले सबै वडामा वडा कार्यालय स्थापना गर्दै

बेलडाँडी । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले कञ्चनपुर क्षेत्र नम्बर-१ ले क्षेत्रभित्रका सबै ३२ वटै वडामा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियानलाई तीव्रता दिएको छ।

चुनावी अभियानअन्तर्गत पार्टी संगठनलाई अझ बलियो बनाउने उद्देश्यले वडा तहसम्म सम्पर्क कार्यालय स्थापना गरिएको नेकपा एमालेले जनाएको छ। यस अभियानले कार्यकर्ता परिचालन, मतदाता भेटघाट तथा पार्टीका नीति-कार्यक्रम जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन सहज हुने विश्वास गरिएको छ।

नेकपा एमाले क्षेत्र नं. १ युवा तथा स्वयंसेवक परिचालन उपसमिति संयोजक कमल कुमार रोकायाले पार्टीका उम्मेदवार तारालामा तामाङलाई विजयी गराउने अभियानलाई केन्द्रमा राखेर वडा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिए। उनले वर्तमान परिस्थितिमा तारालामा तामाङ नै उपयुक्त विकल्प भएको उल्लेख गर्दै आम जनतालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।

वडा कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन अनुगमन कमाण्डर कमला बोहरा, प्रतिनिधि सभा सदस्य उम्मेदवार तारालामा तामाङ, निर्वाचन परिचालन संयोजक पल्लव राज भट्ट, प्रदेश कमिटीका नेताहरू, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. १ युवा परिचालन संयोजक कमल रोकाया, जिल्ला कमिटी सदस्य नवीन चन्दलगायत नेताहरू तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नेकपा एमालेले विगतमा गरेको विकास, सुशासन र राष्ट्रिय स्वाभिमानका पक्षमा गरेका कामहरूको चर्चा गर्दै आगामी निर्वाचनमा जनताको समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे। देशभर एमाले उम्मेदवारलाई विजयी गराउने अभियानमा पार्टी एकताबद्ध र सक्रिय रूपमा लागिरहेको नेताहरूको भनाइ थियो।

नेकपा एमाले कञ्चनपुर क्षेत्र नं. १ ले संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष संवाद बढाउँदै चुनावी मैदानमा मजबुत उपस्थिति जनाउने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित