नरेश राना/कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १ मा एक उम्मेदवार नै नेपाली कम्युनिष्ट पाटी (नेकपा)मा प्रवेस गरेका छन । प्रगतिशिल लोकतान्त्रिक पाटी(प्रलोपा)का उम्मेदवार देपेन्द्र बहादुर शाही, उक्त पाटी जिल्ला प्रमुख अमर सिह विष्ट सहितका ५४ नेता कार्यकर्ता नेकपामा प्रवेस गरेका हुन ।
१० फागुन तीन दिन अघि मात्रै बेलौरीमा पत्रकार सम्मेलन गरेर चुनावी घोषणा पत्र सार्वजनिक गरेका उम्मेदवार शाहीले नेकपा प्रवेस गरेका छन ।
उम्मेदवार शाही र जिल्ला प्रमुख विष्ट प्रलोपाका केन्द्रीय सदस्य पनि हुन । बुधबार एक कार्यक्तमका विच उनीहरु सहित ५१जना नेकपा उम्मेदवार बीना मगर जिताउनका लागि समाहित भएको बताएका छन ।
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्ट, नेकपा एकता प्रकृयामा नआएका पुर्व नेकपा माओवादी केन्द्रका नेता बाबुराम भट्टराई नेतृत्वको प्रलोपा क्षेत्र १का उम्मेदवार, जिल्ला प्रमुख सहितका सिङ्गो क्षेत्रकै नेता कार्यकर्ताहरुले आफुतिर मत किन खेर हाल्ने भन्दै नेकपा नेतृ बीना मगर जिताउन समाहित भएको बताएका छन ।
तत्तकालिन प्रलोपा केन्द्रीय सदस्य तथा कञ्चनपुर प्रमुख अमर सिह विष्टले वर्तमान राजनैतिक परिवेसमा देशको रक्षाका लागि नेकपाको विकल्प नभएकाले सबै बामपन्थीहरु एकजुट गराउनका लागि नेकपामा समाहित भएको बताए ।
नेकपा केन्द्रीय सदस्य जिवन थापाले चुनावको मिति नजिकिदै गएपछि नेकपा उम्मेदवार बीना मगरसंगै चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार सहितका स्थानीयदेखि केन्द्रीय नेताहरु नेकपामा समाहित भएको बताए ।
नेकपामा समाहित भएका नेता कार्यकर्ताहरुलाई नेकपा क्षेत्र १की उम्मेदवार बीना मगर, नेकपा नेताहरु देवीलाल चौधरी, भक्त बहादुर अधिकारी, मिनराज बडू, हरिराम चौधरी, जिवनराज थापा, धोखे राना, लक्ष्मण कुमाल, टेक ब. विक, बिरमान थापा सहितका नेताहरुले स्वागत गरेका छन ।
नेकपा समाहित भएका प्रलोपा उम्मेदवार देपेन्द्र बहादुर शाही सहितका नेता कार्यकर्ताहरुले महिला नेतृ बीना जिताउने अभियानमा खटिने प्रतिबद्धता जाहेर गरेका छन ।





















Discussion about this post