काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्याललाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।
अर्याललाई सभामुखमा निर्वाचित गर्न रवि लामिछाने ले प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल ले समर्थन गरेका थिए।
डोलप्रसाद अर्याल काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका थिए।






















Discussion about this post