काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान २६ चैतभित्र टुङ्ग्याउन आदेश दिएको छ।
न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले दुवैलाई तत्काल थुनामुक्त गर्न भने अस्वीकार गरेको छ। तर तोकिएको समयभित्र अनुसन्धान पूरा हुन नसके हिरासतबाट मुक्त गर्न स्पष्ट निर्देशन दिएको छ।
सर्वोच्च अदालतले आदेशमा भनेको छ, “ओली र लेखकलाई फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पूरा गरी हिरासतमुक्त गर्दै थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि आवश्यक कारबाही गर्नु।”
भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान जानेगरी बल प्रयोग भएको तथा त्यसलाई रोक्न पर्याप्त प्रयास नगरिएको आरोपमा १४ चैतमा दुवै पक्राउ परेका थिए। हाल उनीहरूलाई ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंको अनुमतिमा प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।























Discussion about this post