सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन

 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले पार्टीका नेता, कार्यकर्ता, सांसद तथा केन्द्रीय सदस्यहरूलाई अनावश्यक रूपमा सिंहदरबार नजान निर्देशन दिएको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि प्रवक्ता मनिष झाले मन्त्रिपरिषद्को कार्यालय तथा विभिन्न मन्त्रालयहरूमा अनावश्यक भिडभाड नगर्न स्पष्ट निर्देशन दिइएको जानकारी दिए।

अनावश्यक रूपमा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा नेता, कार्यकर्ता, केन्द्रीय सदस्य र सांसदहरूलाई भिड नगर्नु भन्ने निर्देशन छ,’ प्रवक्ता झाले भने।

त्यस्तै, बैठकले जनसम्पर्कलाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था पनि गरेको छ। अब प्रत्येक दिन एक जना केन्द्रीय सदस्य र एक जना सांसद पार्टीको केन्द्रीय कार्यालय घण्टीघर मा बसेर सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहने निर्णय गरिएको प्रवक्ता झाले बताए।

रास्वपाले प्रशासनिक कामकाजलाई व्यवस्थित बनाउँदै सेवा प्रवाहलाई सहज बनाउन यस्तो कदम चालेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित