कञ्चनपुरका सासद जनताका गुनासा सुन्दै, समस्या समाधान गर्दै, सुझाव बटुल्दै

डिल्लीराज पन्त  कञ्चनपुर, १५ बैशाख  कञ्चनपुरबाट निर्वाचित प्रतिनिधी सभा सदस्य सासदत्रय जनक सिह धामी, दिपकराज बोहरा र ज्ञानेन्द्र सिह महता जनताका गुनासा, समस्या बुझिरहेका छन । सासदत्रय धामी, बोहरा र महता आफ्नो निर्वाचन क्षेत्रका बस्तीबस्तीमा पुगेर जनताका गुनासा, समस्या बुझिरहेका हुन ।
निर्वाचित भएको झण्डै दुई महिना पुग्दा संसद नचलेका बेला क्षेत्र आएर जनतासंग भेटघाटदेखि उनीहरुका गुनासा सुन्दै समस्या समाधान गर्दै आगामी गर्नुपर्ने कामको सुझाव संकलन गरिरहेका छन ।
चुनाव जितेर क्षेत्रमा कार्यकाल अवधिभर नदेखिने विगतको परम्पराका ब्रेक लगाउँदै सासदत्रय आ–आफ्ना निर्वाचन क्षेत्रका बस्ती बस्तीमा पुगेर जनतासंग साक्षात्कार छलफल गरिरहेका छन ।
जितेको खुसियालीमा गाँउगाँउमा गएर फुलमाला थाप्न होईन गुनासा, योजना र सुुझाव दिनुहोस भन्दै हिडेका हुन । चुनावका बेला गरेका बाचा अनुरुप सासदत्रय गाँउबस्तीदेखि सरोकारवाला निकायसम्म आफ्ै दौडिरहेका छन । जनताका शासक होईन, जनताको सेव बनेर सासदहरुले दौडधुप बढाईरहेको देखेर नागरिक समेत खुसी भएका छन ।
क्षेत्र १का सासद जनक सिह धामीले सीमादेखि, आरक्षपीडित सबैबस्तीतिर धाईरहेका छन । सरकारले ल्याएको योजना बारे जनतालाई जानकारी गराउन हिडेको बताए । ‘हामी निर्वाचित भएका दुई महिना भयो, सरकार गठन भएको एक महिना भयो, ‘उनले भने, ‘हामी त्यही अनुरुप जनताको घरदैलोमा पुगिरहेका छौँ ।’ विद्युत, खानेपानी, आरक्षपीडित, सुकुमबासी, शिक्षा, वन्यजन्तुदेखि सीमा् बजार विवित समस्या लिएर आएको बताए । ‘अहिले हामीले जनताका समस्या गुनासा सुन्छौँ, ‘सासद धामीले भने, ‘आउँदो महिना नयाँ आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट पनि आउँदैछ, त्यसका लागि पनि हामीले पहल गछौँ ।’ निर्वाचित लगत्तै क्षेत्र २को मध्य भूगोल झलारीमा सचिवालय संचालन गरेका सासद दिपकराज बोहराले क्षेत्रका जनताका समस्या गुनासा सुन्दै समाधान गरिन लागेको बताए । सासद बोहराले क्षेत्रमा आफ्नो भौतिक उपस्थिति नहुँदा समेत सचिवालय मार्फत जनताका समस्या गुनासा संकलन गरिने र हाउस नभएका बेला क्षेत्रमा आएर समस्या बुझेर समाधानका लागि आफ्ना तर्फबाट पहल, प्रयास भईरहेको बताए । सासद मार्फत जनताले सरकारसंग गर्ने लिखित, मौखिक माग, समेत लिएर सरकारको ध्यानाकर्षण गराउन लागेका छन । सासद बोहराले जनताले समस्या लिएर आउने अनद स्र्पोटबाटै समस्या समाधानका लागि सम्बन्धीत निकाय समक्ष पु¥याएर पहल गरिरहेका छन । यस अघि नै सासद बोहराले शुल्न नै नलाग्ने टोल फ्रि नम्बरको समेत व्यवस्था गरेका थिए ।
जनताका दैनिक गुनासा सुन्न संकलनका लागि केही दिनमा महेन्द्रनगरमा सचिवालय सचालन अवागै सासद ज्ञानेन्द्र सिह महताले क्षेत्रका विभिन्न गाँउबस्तीमा पुगेर सुनिरहेका छन । ‘विगतदेखिका समस्या ल्याएर आईरहेका छन, जनताले गुनासो ल्याउँछन, त्यो सम्बन्धीत निकायमा पहल गरेर समस्या समाधान गरिरहेका छौँ, ‘जनताको जहाँ समस्या त्यही, गएर समस्याको खोजि गर्दै अघि बढिरहेका छौँ, ‘सासद महताले भने।, ‘अब जनताले सरकार खोज्दै जाने दिन गए, अब हामी आफै सरकारका समस्या बुझ्न गाँउगाँउबस्तीमा गईरहेका छौँ ।’ सासद महताले क्षेत्रको वाढी कटान, शिक्षा, स्वास्थ्य, भूमि, पूर्वाधार, बजारदेखिका विवित समस्या सुन्दै समाधानका लागि पहल गरिरहेका छन ।
राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका सभापति पदम विष्टले जनताले विश्वास गरेर रास्वपाका प्रतिनिधीलाई पठाए जस्तै अब पाटीका सासदले समेत जनपक्षीय कामकाज गर्नुपर्ने दायित्व अनुरुप अहोरात्र खटिएको बताए । पाटीको बाचा पत्र अनुरुप देश जनताको हितमा कामकाज गर्नुपर्नेमा बताए ।
पञ्चायतकालदेखि हाल गणतान्त्रिक युगसम्म जितेका सासद जितेपछि कहिल्यै नफर्किने समस्या रहेको तर, अहिले रास्वपाका सासदले जनताको घरदैलोमा पुगेर समस्या सुन्दै समाधानका लागि गरिरहेको पहलकदमी निरन्तर कार्यकालसम्मै गर्नुपर्नेदेखि आगामी कार्यकालमा जित्ने सासदले समेत यसैगरी जनताकै माझमा रहेर समस्या समाधान गर्नुपर्ने सुझाव दिईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित