८३ हजारको उपाधिका लागि आज बेलडाँडी फुटबल एकेडेमी ‘बी’ र ओजी ग्रुपबीच भिडन्त

बेलडाँडी । जिल्लाको दक्षिणी क्षेत्रमा अल स्टार युवा क्लबले आयोजना गरेको ९औं संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिता(२०८३ को उपाधिका लागि बेलडाँडी फुटबल एकेडेमी ‘बी’ र ओजी ग्रुप, बेलडाँडी गाउँपालिका-१ आमनेसामने हुने भएका छन्।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएका दुवै टोली अब उपाधिका लागि निर्णायक भिडन्तमा उत्रिनेछन्। फाइनल खेलमा दुवै टोलीको लक्ष्य प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पार्ने रहेको छ।

फाइनल खेल दिउँसो १२ बजे अल स्टार युवा क्लबको खेलमैदानमा आयोजना हुने आयोजकले बताएको छ।फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिनुका साथै आयोजकले सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई खेलमैदानमा उपस्थित भई आफ्ना मनपर्ने टोली तथा खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।

प्रतियोगिताको च्याम्पियन हुने टिमले ८३ हजार नगद राशी साथ आकर्षक ट्रफी प्रमाणपत्र र मेडल, उपविजेता हुने टिमले ४५ हजार नगद धनराशि आकर्षक ट्रफी प्रमाणपत्र र मेडल हात पार्नेछन्। प्रतियोगिताका उत्कृष्ट विधाका विभिन्न खेलाडीलाई समेत पुरस्कारको व्यवस्था समेत रहेको छ।

प्रतियोगितामा २३ टिम बिच प्रतिस्पर्धा संगै प्रतियोगिता भाद्र १४ देखि २१ गतेसम्म सञ्चालन भएको हो। प्रतियोगिताका खेल एन्फा रेफ्री मान बहादुर तामाङ, राम राना, गणेश रोकाया र दिपेन्द्र धामीले खेलाउदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित