झरीका बीच बेलडाँडी फुटबलको फाइनल खेल सुरु, लाइभ हेर्नका लागि यहाँ तलको लिङ्क हेर्नुंस

बेलडाँडी । अल स्टार युवा क्लबको आयोजनामा सञ्चालित ९औँ संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिता–२०८३ को फाइनल खेल झरीका बीच सुरु भएको छ। दिउँसो १२ बजेका लागि तय गरिएको फाइनल खेल भारी वर्षाका कारण करिब ४ बजेबाट सुरु भएको हो।

उपाधिका लागि बेलडाँडी फुटबल एकेडेमी ‘बी’ र ओजी ग्रुप, बेलडाँडी गाउँपालिका-१ आमनेसामने भएका छन्। लगातार वर्षा भइरहे पनि खेलमैदानमा खेलाडीहरू उत्साहका साथ प्रतिस्पर्धामा उत्रिएका छन्।

झरीका बीच फाइनल खेल सुरु भएपछि खेलप्रेमी दर्शकहरू छाता ओढेरै मैदानमा उपस्थित भएर खेलको आनन्द लिइरहेका छन्। वर्षाका कारण मैदानसम्म पुग्न नसकेका खेलप्रेमीहरूले भने अल स्टार युवा क्लबको फेसबुक लाइभमार्फत घरमै बसेर फाइनल खेलको प्रत्यक्ष प्रसारण हेरिरहेका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका हुन्। वर्षाका कारण मैदान केही कठिन बने पनि फाइनल खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेताले ८३ हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल, उपविजेताले ४५ हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। उत्कृष्ट खेलाडी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।

भाद्र १४ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २३ टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका खेलहरू एन्फा रेफ्री मानबहादुर तामाङ, राम राना, गणेश रोकाया र दीपेन्द्र धामीले सञ्चालन गर्दै आएका छन्।

लाइभ हेर्नका लागि यहाँ तलको लिङ्क हेर्नुंस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित