काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन्।
चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीले आयोजना गरेको ‘चाइना फोरम अफ इन्टरनेशनल लेगल कोअपरेशन’ कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
शर्मासँगै सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल पनि चीन गएका छन्।
प्रधानन्यायाधीश शर्मा आगामी असोज ८ गते नेपाल फर्कने कार्यक्रम रहेको सर्वोच्च प्रशासनले जनाएको छ।




















Discussion about this post