बेलडाँडी । कञ्चनपुरको बेलडाँडी घर भएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द कलौनी जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट २०८३ साल कार्तिक महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले संगठनप्रतिको निष्ठा, कर्तव्यप्रतिको लगनशीलता, अनुशासन र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको मूल्याङ्कन गर्दै कलौनीलाई ‘महिनाको पुलिस’ घोषणा गरी प्रशंसापत्र प्रदान गरेको हो।
प्रहरी संगठनको नीति, निर्देशन तथा मूल्य-मान्यताको पालना गर्दै आम नागरिकको सुरक्षा र सेवामा समर्पित भएर काम गरेको, आफ्नो कार्यक्षेत्रमा उच्च व्यावसायिकता, इमानदारी र अनुशासन प्रदर्शन गरेको भन्दै उनलाई सम्मान गरिएको प्रशंसापत्रमा उल्लेख छ।
कलौनी हाल जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत छन्। उनको कार्यसम्पादनले प्रहरी संगठनको गरिमा र प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्याएको भन्दै कार्यालयले आगामी दिनमा समेत अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
त्यस्तै, कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेलौरीमा कार्यरत प्रहरी निरीक्षक कमलप्रसाद चौधरी पनि कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। यससँगै कञ्चनपुर र डडेल्धुरामा कार्यरत दुई प्रहरी अधिकृतले फरक-फरक जिल्ला प्रहरी कार्यालयबाट एउटै महिनामा उत्कृष्ट प्रहरीको सम्मान प्राप्त गरेका छन्।
बेलडाँडीका कलौनीले जिल्लाबाहिर रहेर प्रहरी सेवामार्फत आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै प्राप्त गरेको यो सम्मानले गृहक्षेत्रमा समेत खुसी र गर्वको अनुभूति गराएको छ।
कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएका कलौनीलाई बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादनको शुभकामना।





















Discussion about this post