आजदेखि सभामुख चयन प्रक्रिया शुरु

धनगढी,

सुदूरपश्चिम प्रदेशको सभामुख चयन प्रक्रिया आज बुधबार दिउसो देखि शुरु हुँदैछ ।

प्रदेश सभा सचिवालयले आज दिनको १ बजेदेखि सभामुख चयन प्रक्रिया शुरु गर्ने गरि सचिवालयले कार्यतालिका तयार गरेको हो ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुख चयन प्रक्रियाका लागि पुस २७ गते दिनको १ बजेदेखि शुरु हुने गरि निर्वाचन कार्यतालिका बनाउन सचिव देवबहादुर बोगटीलाई निर्देशन दिएका थिए ।

प्रदेश सभा सचिवालयले सभामुखको निर्वाचन पुस २८ गते गर्ने गरि कार्यतालिका तय  गरेको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुखको चयनका लागि पुस २८ गते दिउसो १ः०० बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको बताए ।

सचिवालयका अनुसार पुस २७ गते बिहान साढे १० बजेदेखि दिउसो साढे २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

यस्तै दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशन तथा ४ बजेसम्म दाबी बिरोध र बेलुकी ५ बजेभित्र उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित