कञ्चनपुर र कैलालीका चिकित्सकहरू वीच मैत्रीपूर्ण फुटवल सम्पन्न

महेन्द्रनगर,
कञ्चनपुर र कैलालीका चिकित्सकहरू वीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

महेन्द्रनगरको खुलामञ्चमा ‘जिवनलाई क्रियाशिल, तन्दुरुस्त र स्वस्थ्य बनाउने माध्यम खेल हो’
‘खेलको जीवनसंग नियमित भए मेल : स्वस्थ्य र निरोगि बनाउछ बाचुञ्जेल’ भन्ने मुल नाराका साथ आयोजना गरिएको मैत्रीपुर्ण फुटवल प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ ।

शनिबार प्रादेशिक स्वास्थ्य प्रबद्धन केन्द्र कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिता अन्तरतगत कञ्चनपुरका चिकित्सकको टिमले कैलाली जिल्लाको चिकित्सक टिमलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको ट्रफि जितेको हो ।

खेलको निर्धारित समयमा २/२ गोलको बरावरी भएसंगै खेल ट्राईब्रेकरमा गएको थियो । जसमा कञ्चनपुरका गोलरक्षकले उकृष्ट बचाउ गर्दै कैलालीलाई उपविजेतामा सिमित राखेका थियो । चिकित्सक मैत्रिपुर्ण फुटवल प्रतियोगीताको उकृष्ट खेलाडी कञ्चनपुर टिमका गोलरक्षक भएका थिए ।

प्रतियोगिताको विजेता टिमले ट्रफि, मेडल र प्रमाण पत्र पाएको थियो । उपविजेता टिमलाई प्रमाण पत्र प्रदान गरिएको थियो । भने प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई पनि ट्रफि, मेडल र प्रमाण पत्रद्धारा सम्मानित गरिएको थियो ।

पुरुस्कार वितरण कार्यक्रममा कार्यक्रमको सभापतित्व महाकाली प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष कृष्णानन्द भट्टको रहेका थियो । कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी प्रमुख अतिथि रहेका थिए भने विशिष्ठ अतिथिमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल रहेका थिए ।
प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्रका प्रमुख हेमराज खड्का, कञ्चनपुर जिल्ला फुटवल संघका अध्यक्ष गणेश बहादुर चन्द, कञ्चपनुर संघका अध्यक्ष विरेन्द्र चन्द, कञ्चनपुर खेलकुद विकास समिति सदस्य धन बहादुर महता लगायतका कैलाली कञ्चनपुरका चिकित्सक र फुटवलप्रमीहरुको उल्लासपुर्ण उपस्थीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित