स्थानीय विकास तथा सुशासन कायमका लागि प्रदेश सरकारसंग कञ्चन सामुदयिक विकास केन्द्र

बेलडाँडी,
बेलडाँडीमा रहेको कञ्चन सामुदायिक विकास केन्द्रद्धारा स्थानीय विकास तथा सुशासन कायमका लागि प्रदेश सरकारलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउदै विभिन्न माग गरेका छन् ।

 

बेलडाँडीमा एक दशक देखि विभिन्न समाजिक कार्य गर्दै आएको यस संस्थाले सिमान्तकृत समुदायको पक्षमा विशेष जोड दिदै आएको छ । बेलडाँडी गाउँपालिकामा रहेका अति सिमान्तकृत समुदायका मानिसहरुलाई प्रत्येक टोलमा सामुदायिक समूहहरु गठन गराई उनीहरुको जीविकोपार्जनका लागि विभिन्न कार्य गर्दै आएको छ ।

ती समुदायले आफुले भोगि रहेका समस्याहरुको पहिचान र विश्लेषण गरी समस्या समाधानका विकल्पहरुको छनौट गरी स्थानीय श्रोतसाधनहरुमा आधारित कार्य योजना बनाई आफै काम गर्ने अभ्यास विगत एक दशक भन्दा बढी समय देखि गराउदै आएका छन् ।

संस्थाको आफ्नै श्रोत नभएको र सामुदायिक समूहहरुको जीविकोपार्जनका लागि विगतमा पनि बेलडाँडी गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारसंग नियमित समन्वय र सहकार्यका लागि प्रस्ताव मागहरु राख्दै आए पनि हालसम्म खासै त्यसमा सहयोग प्राप्त हुन नसक्दा सिमान्तकृत समुदायका नागरिकहरुमा निराशा पैदा भईरहेको अवस्थामा पुनः प्रदेश सरकारलाई विभिन्न मागको बारेमो स्मरण गराउन यहाँ आएको संस्थकी प्रमुख सरिता बोगटी रोकायाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार हामीले मुख्यमन्त्री लगयात विभिन्न मन्त्रालयमा सिमान्तकृत समुदायका नागरिकहरुको हित हुने खालका कार्यक्रम बनाइ ती माग सम्वोधनका लागि यहाँ आएको बताए ।

जनप्रेमी नेता तथा प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट बेलडाँडी गाउँपलिका प्रमुख हरिशचन्द्र राना सहितको नेतृत्वमा मुख्यमन्त्री कार्यालय लगायत विभिन्न कार्यालय पुगेको विकास केन्द्रको टोलीले निम्न मागहरू गरेका छन् ।

समुदायमा आधारित कञ्चन सामुदायिक विकास केन्द्रमा आवद्ध रहेका सामुदायिक समूहहरुलाई आयआर्जनका लागि बाख्रापालन, बंगुरपालन, व्यवसायिक तरकारी खेती, खुद्रापसल, सिलाई कटाई तथा अन्य लघु घरेलु उद्योग सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन ।

बेलडाँडी गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त प्रयासमा समुदायमा आधारित कार्यसञ्जाल संस्था कञ्चन समुदायिक विकास केन्द्रका लागि न्यूनतम २ कठ्ठा जग्गाको व्यवस्था मिलाई सामुदायिक श्रोत केन्द्र भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन ।

बेलडाँडी गाउँपालिकामा रहेका विभिन्न समस्याहरु युवाहरुलाई विभिन्न कुलत, कुसंस्कार र लागु पदार्थ दुरव्यसनी विरुद्धमा जनचेतना अभियानहरु, घरेलु हिंसाका विरुद्धमा जनचेतना अभियान, महिलाहरुका लागि नेतृत्व विकास तालिम, वालवालिकाहरुका लागि वाल उद्यान निर्माण र परिचालन, स्वास्थ्यतथा सरसफाई अभियान, करेसावारी अभियान, घरबगैचा अभियान, टोल विकास संस्था निर्माण र परिचालन, जेष्ठ नागरिकहरुका लागि जेष्ठ नागरिक भलाकुसारी चौतारीको निर्माण र परिचालन, विद्यालय सरसफाई र वृक्षारोपण अभियान जस्ता विभिन्न अभियानहरु सञ्चालनका लागि आवश्यक वजेट विनियोजन गरिदिन ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सिमान्तकृत समुदायको पहिचान, सहभागिता र सरकारी सेवा सुविधाहरुमाथि पहुँचको अवस्थामा सुधार ल्याउनका लागि आवश्यक नीतिगत सुधार गरी पछाडी पारिएका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि विशेष कार्यक्रम विकास गरी कार्यान्वयन गरिदिन ।

बेलडाडी गाउँपालिका अन्तर्गत पर्ने शुक्लाफाँटा निकुञ्ज तथा नेपालभारत सीमा क्षेत्रमाहुने गरेका जंगली जनावरहरुवाट हुने मानवीय क्षतिको न्यूनीकरण, सीमा क्षेत्रमा हुने तनावहरुको न्यूनीकरण र अपराधिक घटनाहरुको कडाईका साथ रोकथामका लागि सुदूरपश्चिमप्रदेश सरकारको विशेष योजना बनाई कार्यान्वयन गरिदिन माग गरेका छन् ।

माग पत्र सहितको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कमल शाहले सक्दो विषय बस्तु समेट्ने जनाएका छन् ।
यस्तै अान्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी वहादुर सिंहले महिला हिंसा न्युनिकरणका लागि सक्दो बजेट व्यवस्थापन गरिदिने अासवाशन दिनु भयो ।

सामाजिक विकस मन्त्री काम विशेषले बाहिर भएकाले माननीय सांसद बिष्ट मार्फत उक्त मन्त्रालयमा योजना माग पत्र बुझाईएको बिकास केन्द्रकी सामाजिक परिचालक गिता राना क्षेत्रीले जानकारी गराउनु भयो ।

प्रदेश सदस्य बिष्टले माग अनुसारका धेरै योजना प्रदेश सरकारबाट नयाँ बजेटमा समावेश गर्न लगाउने वचन दिनु भयो ।
यस्तै पालिका अध्यक्ष रानाले यस संस्थाले गर्दै अाएको कामको प्रशंसा गर्दै पालिका समृद्ध वाला कार्यक्रमलाई प्राथामिकता दिने बताउनु भयो ।


वडा नं. २ का वडासदस्य रमेश चनाराले भने “धेरै कार्य गर्न वडापालिकाबाट सम्भव नहुने हुदा यस्ता मुनाफा रहित संस्थाहरू संग सहकार्य गरेर अघि बढे समृद्ध बेलडाँडीका लागि टेवा पुग्ने बताए ।” वडाबाट हुने सामाजिक कार्यसंगै हातेमालो गरेर यस संस्थासंग अघि बढ्न सकिने धारणा व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित