डिप्रोक्स लघुवित्त वित्तीय संस्था बेलडाँडी चवन्नीद्धारा एक विद्यार्थी सम्मानित

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी चवन्नीमा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा एक विद्यार्थी छात्रा सम्मानित भएकी छिन् ।

२०७८ सालको एईईमा उत्कृष्ट नतिजा ल्याएको भन्दै बेलडाँडी गाउँपालिका २ चवन्नी बस्ने हेमान्सी मालीलाई नगद सहित प्रशंसा पत्र प्रदान गर्दै सम्मानित भएकी हुन ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चौवन्नी बजार,कञ्चनपुरबाट सेवा उपभोग गरिरहेका सदस्यहरूका छोराछोरी मध्ये केन्द्र नं. ०१९ की सदस्य तारा देवी मालीकी छोरी हेमान्सी मालीले २०७८ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेकाले प्रोत्साहन स्वरूप ग्राहक संरक्षण कोषबाट नगद २ हजार सहित प्रसंशा पत्र प्रदान गर्दै संस्थाले सम्मान गरेको शाखा प्रमुख लक्ष्मीकान्त देबकोटाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार साना साना विद्यार्थी नानीबाबुहरुको हौसला प्रदानका लागी यसरी सम्मान तथा प्रशंसा गरेको बताए । यस्ता कार्यले विद्यार्थीहरुमा सकारात्मक सोचको विकास हुनुका साथै स्वच्छ प्रतिशपर्धामा बल पुग्ने जनाए । यस्तै २०७९ सालको पछि हुने बताए ।

सम्मानित हुने मालीले उचित मुल्याङ्कन भएको भन्दै संस्थालाई धन्यवाद दिए । यस्ता कार्यक्रमले थप पढाई गर्नमा हौसला प्रदान भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित