आन्तरिक पर्यटन प्रर्बद्धनका गर्न शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

कञ्चनपुर,
कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा सोमबारदेखि पाँचौँ शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको हो ।

निकुञ्ज प्राङगणमा महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले शुक्लाफाँटा निकुञ्ज सहितका पर्यटकिय गन्तव्यको बृद्धि विकासका लागि महोत्सव महत्वपूर्ण हुने बताए । जिसस प्रमुख तामाङ्गले पर्यटनका माध्यमबाट यस क्षेत्रको आर्थिक, समाजिक साँस्कृतिक विषयलाई अघि बढाउनुपर्नेमा जोडदिए । भीमदत्त नगरका प्रमुख मेयर सुुरेन्द्र विष्टले आन्तरिक पर्या पर्यटन प्रद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए । मेयर विष्टले प्रथमदेखि पाँचौँ महोत्सवको अनुभव पोख्दै मेयर विष्टले अन्य बर्षका भन्दा यस बर्ष फरक परिवेसमा संचालन गरिएको बताए । मेयर विष्टले बन्द रहेको विमान स्थल समेत शुचारु पर्यटन क्षेत्रमा थप टेवा पुग्ने बताए ।

महोत्सवको उद्घाटनका दिन निकुञ्जको परिचय सहित विवित साँस्कृतिक कार्यक्तम सहित गरिएको छ । दोस्रो दिन रेडियो, एफएम मार्फत शुक्लाफाँटा सम्वाद, निकुञ्जको प्रचारप्रसार, तेस्रो दिन पर्यटकिय क्षेत्रमा सरसफाई तथा बाह्रसिङ्गा ब्राण्डिङ्ग कार्यक्रम, चौथोदिन पर्यटनबारे नागरिक सुुझाव संकलन, पर्यटन क्षेत्रका भिडियो क्लिप तयार गर्ने, पाँचौँ दिन महेन्द्रनगर स्मारकमा पर्यटकिय प्रर्बद्धनबारे फोटो प्रर्दशनी, चित्रकला प्रतियोगिता, छैठौँ दिन शुक्लाफाँटा सहित नगरको पर्यटन विकास बारे साहित्यिक बहस र अन्तिम सातौँ दिन होमेष्टेमा पर्यटनबारे छलफल गरेर समापन गरिने छ । ‘पर्यटनलाई जिवनसंग जोड्नुपर्छ, ‘मेयर विष्टले भने, ‘आर्थिक सम्बृद्धिसंग जोडेर लग्नुपर्छ ।’

शुक्लाफाँटा पर्यटकीय गन्तव्य भएकाले यसलाई विभिन्न आयामबाट जोड्नुपर्ने उनको भनाई छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले पर्यटन महोत्सवका माध्यमबाट निकुञ्जभित्र प्रवेस शुल्क घटाउनुपर्ने सुझाव दिए । होटल व्यवसायी संघका अध्यक्ष जगदिशचन्द्र भट्टले आर्थिक सम्बृद्धिका लागि पर्यटन महत्वपूर्ण भएकाले त्यसतर्फ महोत्सव केन्द्रीत गर्नुपर्ने बताए । पर्यटन व्यवसायी समेत रहेका पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति सदस्य प्रमानन्द भण्डारीले पर्यटन प्रर्बद्धनमा निजी क्षेत्रको समेत भूमिका हुने भएकाले समन्वयात्मक ढङगबाट अघि बढ्नुपर्नेमा जोडदिए ।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिमको लोक छलिया, गौरा, भुवा र थारु नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी, नेकपा एमाले पोलिट्ब्यूरो सदस्य राजेन्द्र सिह रावलले वास्तविक पर्यटन विकासका जोडदिए । भीमदत्त नगरका नासु दिनेश भट्टले संचालन गरेको कार्यक्रममा आन्तरिक पर्यटन प्रर्बद्धन समितिका सदस्य लक्ष्मण तिवारीले स्वागत मन्तव्य राखेका थिए । महोत्सव आगामी १५ फागुनसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित