बेलडाँडी युवा समाजद्वारा कार्तिक १७ देखि क्रीकेट मेला आयोजना गरिदै

151
VIEWS

बेलडाँडी/१४ कार्तिक । बेलडाँडी गाउँपालिकामा यसै १७ गते देखि क्रिकेट मेला लाग्ने भएको छ । बेलडाँडी युवा समाजको आयोजकमा प्रथम टि-२० बेलडाँडी क्रीकेट मेला-२०८० शुरू हुने भएको छ ।

आज मंगलबार बेलडाँडी युवा समाजले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत ट्रफी सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएका हुन ।दिपावलीको उपलक्ष्यमा हुन गइरहेको बेलडाँडी क्रीकेट मेला प्रतियोगिता यही कार्तिक १७ गते देखि २५ गतेसम्म रौलेश्वर माविको प्राङ्गणमा सञ्चालन हुने बेलडाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्टले जानकारी गराउनु भयो ।

प्रतियोगितामा पहिलो हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, प्रमाण पत्र,मेडल पुरस्कार रहेको छ भने दोस्रो हुने टिमलाई २५ हजार ५ सय २५रुपैयाँ सहित ट्रफी, प्रमाण पत्र,मेडल पुरस्कारको व्यवस्था गरिएको छ । टिम दर्ताका लागि ४ हजार ५ सय शुल्क लाग्ने र टीम दर्ता १६ गते साझ सम्म गरिने वहाँले जनाउनु भयो ।

 

उहाँका अनुसार अनुशासित टिमलाई उचित पुरस्कारको व्यवस्था, प्रत्येक खेलमा मेन अफ द म्याच, मेन अफ द सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर पुरस्कारको व्यवस्था समेत गरिएको जनाए । खेलमा सहभागी हुन चाहने टिमले खेलाडीको प्रमाण खुल्ने परिचय पत्र अनिवार्य उपलब्ध गराउन समेत जनाएको छ ।

उक्त कर्यक्रममा बोल्दै प्रमुख अथीती हरिसचन्द्र रानाले युवाहरुलाई लागू औषध दुव्र्यसनबाट टाढा राख्न युवाहरुको व्यस्तताको लागि खेल आवस्यक रहेको भन्दै क्रीकेट खेललाई अगाडि बढाउन पालिकाबाट हुने सक्दो सहयोग गरिने बताए ।

बिशिस्ट अथिति पालिका उपप्रमुख शान्ती नाथले स्वास्थ्यको लागि खेलको महत्व रहेको भन्दै बेलडाँडी खेलाडीहरूको लागि खेल मैदानको आवश्यक रहेको भन्दै आफुबाट हुने पहल र सक्दो सहयोग गर्ने बताउँदै स्थानिय खेलाडीहरुलाई प्राथमिकता दिनमा जोड् दिइन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार