बेलौरीमा एनएमबी बैंकको एटीएम सेवा शुरु

कञ्चनपुर :

कञ्चनपुरको बेलौरी बजारमा रहेको एनएमबी बैंकले एटीएम सेवा शुरु गरेको छ । बैंकले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सेवा शुरु गरेको हो । विगत लामो समयदेखि स्थानीयलाई सेवा दिदै आइरहेको उक्त बैंकले आफ्नो सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन एटीएम सेवा शुरु गरिएको बैंकका शाखा प्रबन्धक रवीन्द्र चन्दले बताए ।

उनले झण्डै सात हजार सेवाग्राही रहेको यस बैंकबाट सस्तो सुलभ व्याजदरमा ऋण प्रभाव भइरहेको समेत जनाएका छन् ।बेलौरी नगरप्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको एटीएम सेवावाट ग्राहक लाभान्वित हुने विश्वास गरिएको छ ।

एनएनबी बैंकको नियमित सेवालाई नगरप्रमुख चौधरीले प्रशंसा गर्दै भने ूडिजिटल युगमा एटीएम मेशिन सेवाग्राहीका लागि सहज हुनेछ ।ू साथै बैंकले ऋणमा झन्झटिलो बाटो नअपनाई सजिलै सेवा प्रदान गर्न सुझाव समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले एनएमबी बैंकको सेवा अरु बैंक भन्दा राम्रो छिटोछरितो र विश्वासिलो भएको जिकिर गरे । अध्यक्ष बिष्टले आफू यस बैंकको नियमित ग्राहक भएको बताउदैं एटीएम बाट रकम झिकेर मेशिनको उद्घाटन गरेको बताए ।

भने एनएमबी बैंक सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख श्याम अधिकारीले एनएमबी बैंक अरु भन्दा फरक र सस्तो व्याजदरमा सेवा दिदै आइरहेको नेपाल राष्ट्र बैंकबाट ुकु वर्गको इजाजत प्राप्त बैंक रहेको बताए । प्रदेश प्रमुख अधिकारीले यस बैंकका सेवाग्राहीले एटीएम कार्ड प्रयोग गरे प्रभावकारी सेवा संगै बुद्ध एयरलाइन्सको हवाई सेवामा सहुलियत रहेको जनाएका छन् ।

उनले खाता खोल्न होस् या छिटोछरितो सेवा सुविधाका लागि नागरिकलाई नजिकैको एनएमबी बैंकमा सम्पर्क राख्न अपिल गरेका छन् । ०६५ सालमा स्थापित एनएमबी बैंकले देशका सातवटै प्रदेशमा २ सय १ शाखा स्थापना गरी गुणस्तरीय सेवा प्रदान गरिरहेको सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित