बेलडाँडी गाउँपालिकाद्धारा फुटवल टिमको नामावली सार्वजनिक

बेलडाँडी, १६ कार्तिक ।बेलौरी नगर खेलकुद विकास समितिको आयोजनामा कंचनपुर जिल्लाभित्रका ९ वटा स्थानीय तहका ९ वटा टिमका बिच संचालन हुने खुला फुटबल प्रतियोगितामा बेलडाँडी गापाको टिमको नामावली सार्वजनिक गरिएको छ ।

 

यसै १९ गते बेलौरीको खुल्ला मञ्चमा संचालन हुने खुल्ला फुटवल प्रतियोगिताका लागि बेलडाँडी गाउँपालिकाले १६ जना खेलाडी छनौट गर्दै नामावली सार्वजनिक गरेको छ । हिजो देखि रौलेश्वर माविको प्राङ्गण र आज झिलमिलाको खुल्ला मञ्चमा छनौट गरिएको टिम यस्तो रहेको छ ।

१– नरेन्द्र साउद,२– शंकर खड्का,३– पंकज मडै,४– मोहन गिरी,५– रोहित पुजारा,६– लोकेश सुनार,७– धिरेन्द्र शाह,८–शंकर ओखेडा,९– दिपेन्द्र जोशी,१०–रुद्र नेपाली,११– सरोज ओखेडा,१२– निरज थापा मगर,१३– दिनेश वुढा,१४– ज्ञानेन्द्र रोकाया,१५– पंकज बुढा,१६– डम्मर बुढा रहेका छन् ।

५२ जना खेलाडीहरु मध्ये ३२ जना प्रारम्भिक छनौटमा ल्याई ती मध्ये १६ जनाको टिम तयार पारेको बेलडाँडी गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रा.स. लोकेन्द्र शाहीले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित