जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा गेष्ट हाउसका सञ्चालकसहित दुईजना पक्राउ

213
VIEWS

 

वेश्यावृत्ति गराएको आरोपमा गेष्ट हाउसका सञ्चालकसहित दुईजना पक्राउ परेका छन्
सप्तरीको राजविराजमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेकोहो ।

 

वेश्यावृत्ति गराएको आरोपमा गेष्ट हाउसका सञ्चालकसहित दुईजना पक्राउसप्तरी । सप्तरीधनगढी को राजविराजमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक वडा नं ६ बस्ने ५७ वर्षीय अरुणचन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल हुन् ।  पक्राउ परेको दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार