कैलाली:
विवाहमा गएका कैलालीका एक युवकको सामुहिक कुटपिटबाट मृत्यु भएको छ।जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो। घेराघाटका डिल्ली कोइराकालाको विवाहमा गएका अधिकारीमाथि विवादभएपछि युवाहरुले सामुहिक कुटपिट गरेका थिए।उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगञ्ज मेडिकल कलेज रेफर गरेको थियो।
नेपालगञ्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो। टीकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्।
अधिकारीमाथि लम्कीका युवाहरुले कुटपिट गरेका थिए। अहिलेसम्म सात जना युवालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा सङ्लग्न भएका अन्य युवाहरुको खोजी हुँदैछ।
Discussion about this post