बेलडाँडी, १५ मंसिर । पर्खाल–पर्खालमा चित्र, पोलपोलमा सडक बत्ती, डुवान हुने धनगढीलाई ढलनिकास, ‘हरियाली धनगढी अभियान’ अन्तर्गत सार्वजनिक सडक तथा स्थानमा वृक्षारोपण लगायत सुन्दर नगर बनाउन महाअभियानमा रहेका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको सकारात्म चर्चा बेलाबेला चलिरहन्छ ।
धनगढीलाई सुन्दर नगर बनाउने लक्ष्यका साथ नगर भित्र विभिन्न कार्य गर्दै आएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालबाट अन्य पालिकाहरुले सकारात्मक पाठ सिक्नु पर्ने बेलडाँडीका निर्माण व्यवसायी मदन खत्री बताउनु हुन्छ ।
खत्रीका अनुसार हमालले सार्वजनिक स्थल खोलानाला, ढल निकास, बृक्षारोपण, सडक बक्ती र नगर भित्र आगन्तुकहरुलाई जानकारीका लागि भित्ता (पर्खाल) मा स्थानीय कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्र सम्बन्धी चित्र उतार्न लागेको जनाउदै यस्ता सकारात्मक कार्यबाट अन्य पालिकाले समेत नक्कल गर्नुपर्नेमा जोड दिनु भयो ।
पछिल्लो समय हमालले भित्तामा कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्य लगायत चित्र उतारेर धनगढी र खासगरी सुदूरपश्चिमलाई चिनाउने अभियानका लागि विभिन्न कार्य गर्दै आएका छन् । धनगढी रङ्गशालाको भित्ता (पर्खाल) मा चित्र उतारेर कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्य चिनाउने यो अभियानले थप धनगढीलाई सुन्दर बनाउने वहाँले बताउनु भयो ।
व्यवासयी खत्रीले रंगिदै गरेको पर्खाल नजिकै मनमोहक भएको बताउदै फोटो समेत खिचेका छन् । उनले बेलडाँडीलाई समेत सुन्दर पालिका बनाउन सकिने बिचार व्यक्त गर्दै छलफल चलाउनुपर्नेमा जोड दिए ।
Discussion about this post