कञ्चनपुर, २० मंसिर । भीमदत्त नगरपालिकाका उप प्रमुख लेखकद्धारा वडा नं. १८ मा रहेको ईको पार्कमा बस्न व्यायाम गर्न सहज होस भन्ने उदेश्यका साथ जमिनलाई सम्याउने कार्य गरिएको छ ।
उपप्रमुख आफै उक्त ईको पार्कमा गएर खाल्डो, होचो, र अग्लो ठाँउमा जेसिबी लगाएर जमिनलाई समथर बनाउने कार्य गरेकी छिन् । पार्कमा आउनेहरुका लागि ईको पार्कलाई सफा र सुन्दर बनाउने उद्देश्यले र अग्लो होचो ठाउँ भएका कारणले खेल्न हिडडुल गर्न गारो हुने भएकाले जेसीबी लगाइएको उनको निजी सचिवालयले जनाएको छ ।
अग्लो होचो ठाउँभएकाले स्थानीयबाट बारम्वार गुनासो आएकाले उक्त कार्य गरिएको जनाइएको छ ।
Discussion about this post