बेदकोट काँग्रेस नेता बोहरा बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

कञ्चनपुर, १ पुष

नेपाली काँग्रेस कञ्चनपुरका एक नेता बिरुद्धमा ज्यान मार्ने उद्योग अन्र्तरगत मुद्दा दर्ता भएको छ । नेपाली काँग्रेस कञ्चनपुरका महाधिवेशन प्रतिनिधी समेत रहेका बेदकोट नगरका स्थानीय नेता उद्धव सिह बोहरा बिरुद्धमा
ज्यान मार्ने उद्योग अन्र्तरगत मुद्दा दर्ता भएको हो ।

 

बोहरा सहित पाँच जना बिरुद्धमा ज्यान उद्योगमा मुद्दा दर्ता भएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले बोहरा सहित पाँच जना बिरुद्ध ज्यान उद्योगमा किटानी जाहेरी परेपछि मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको बताए ।

 

२८ कार्तिकमा बेदकोट नगरपालिका १ हात्तीथलाका हर्क खडायतलाई मरणाशन्न हुने गरी कुटपिट घटनामा सलग्न भएको आरोपमा काँग्रेस नेता बोहरा सहित पाँच जना बिरुद्ध प्रहरीमा किटानी जाहेरी परेको थियो ।
घाईतेका भाई प्रेम बहादुर खडायतले काँग्रेस नेता बोहरा सहित लोक बहादुर बोहरा, द्वर्ण बोहरा, लोक बोहारा, चक्र बोहरा बिरुद्धमा किटानी दर्ता गरेका थिए ।

 

घाईते परिवारले दोषिमाथि कार्बाहीको माग अघि सारेका छन । घाईते हर्क खडायतका भाई प्रेम खडायतले घटना घटेको एक महिना भन्दा बढि समय वितिसक्दा पनि दोषिहरु पक्राउ नपरेको बताए । ‘दाजुको उपचारमा हामीले झण्डै २० लाख भारु रुपैया खर्चिदा समेत पुर्ण निको भएका छैनन, ‘उनले भने, ‘अहिलेपनि सचेत अवस्थामा छन ।’

खडायत परिवारले राजनीतिक आडमा सर्वसाधारणको ज्यानै लिने गरी कुटपिट गर्ने जुनसुकै पाटीका नेता कार्यकर्ताहरुलाई कानुनी कार्बाहीको माग अघि सारेका छन । खडायत परिवारले घटना भएकै तेस्रो दिनमै प्रहरीमा जाहेरी दिएको बताएका छन ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले खडायत कुटपिट घटनाको ५ मंसिरमै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाईएको बताए । उनका अनुसार घटनामा संलग्न चक्र बोहरा पक्राउ परिसकेका छन । भने बाँकीको खोजिकार्य भईरहेको छ । पीडित परिवारले घटनाका सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

 

यस बारेमा काँग्रेस नेता उद्धव बोहरासंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेन । नेपाली काँग्रेस कञ्चनपुरले उक्त घटनामा नेता उद्धव बोहरा सहित अन्य नेता कार्यकर्ताहरु मुछिएको वा संलग्न भएको विषयमा पाटीले समेत अध्ययन गर्ने जनाएको छ ।

काँग्रेस कञ्चनपुरका पाटी उप सभापति मिन बहादुर सिहले खडायत घटनाका पाटीका नेता बोहरा सहितका अन्य नेता कार्यकर्ता मुछिएको वा संलग्न बारे पाटीले समेत अध्ययन गरेर सोही अनुरुप निर्णय लिने बताए । ‘

 

हाम्रो पाटीको स्पष्ट निर्देशन छ, कुनैपनि मानविय कुटपिट घटनामा संलग्न नहुने हो, ‘उनले भने, ‘यही कोही अपराधिक घटनामा जानी नजानी संलग्न वा मुछिएको भए पाटीले सोही अनुरुप निर्णय लिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित